कैलालीमा संविधान दिवशको खुशीयालीम दिप प्रज्वलन

खकेन्द्र भण्डारी, टिकापुर – कैलालीको जानकी गाउँपालिकामा संविधान दिवशको अवसरमा दिप प्रज्वलन गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं २ बढरियामा लालीगुराँस युवा क्लब र सुनौलो युवा क्लबले संयुक्त रुपमा संविधान दिवशको खुशीयालीमा दिप प्रज्वलन गरेका हुन् ।

उक्त दिप प्रज्वलन कार्यक्रममा जानकी गाउँपालिका वड नं २ की वडा सदस्य मनसरी विक, नेपाली कांग्रेसका युवा नेता चक्र बिष्ट नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुर्व वडा उपाध्यक्ष दशरथ डगौरा थारुको साथमा सयौँ जना युवायुवतीहरुको सहभागीता रहेको थियो । दिप प्रज्वलन कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालको संविधान २०७२ ले समग्र देशबासीको हक अधिकारको सुनिश्चितता गरेको पनि बताएका थिए ।

You can share this post!