मोरङ को लेटाङ मा आगलागी, सुगम भएर पनि समयमा बारुण यन्त्र आएन

अवतार राइ, मोरङ – घटना कसैले पनि चाहेर घटदैन तर घटना घटेपनि समाजमा नागरिकको घन, जनको पुर्ण क्षतिहुनुबाट बचाउन सतर्कता अपनाउन सकिन्छ । आज बिहान अन्दाजी ७:०० बजे तिर भएको आगलागीको घटना लेटाङ न.पा वडा नं.९ साविकको जॅाते ८ फेस्बुक चौक देखि उत्तर तर्फ चार सय मिटरको दुरीमा दिनेश राईको घर आगलागीबाट जलेर पुर्ण रुपमा खरानी भएपनी मानविय क्षति नभएको पिडीत घर धनि दिनेश राईले जानकारी गराउनुभयो ।

दुर्भाग्यवस समाजमा यस्ता घटनाहरु घट्छ तर घटनाहरुबाट हुने क्षती बारे हामी थोरै सचेत् हुन आवस्यक देखिन्छ । यस अर्थमा हामी सचेत हुनुपर्छ, कि आजको यो घटमा घटेको अर्थात आगलागी भएको समय मा दुखको कुरा कुनै पनि अग्निसमन बाहन, बारुयन्त्रहरु घटना स्थलमा आईपुगेन, स्थानिय गॅाउलेहरुको अथक प्रयास पश्चात आगोलाई नियन्त्रण गरे तत् पश्चात विराटचौकबाट एउटा वारुणयन्त्रआईपुग्यो त्यतिखेर सम्म घर जलेर सबै नस्ट भईसकेको थियो फेरी एक घन्टा पछी बिराटनगरबाट अर्को बारुयन्त्र आईपुग्यो ।

त्यस वारुणयन्त्रका इन्चार्ज हरि राईसंग किन ढिलो आईपुग्नुभयो भनि कुरा गर्दा ९:०० बजेर ७ मिनेट जादा घटनाको जानकारी भयो र ९:१२ मा हामी हिड्यौ भनेर जवाफ पाईयो तर कुनै अर्थ थिएन जवकि घर पुरै जलेर खरानी भैसकेको थियो । त्यसो हुदा हामीले बडो दुख्खको साथ भन्नुपर्छ, कि नेपाल सरकार एवम् मातहत् का स्थानिय निकायहरुमा, हरेक नगरपालिकाहरुमा एउटा वारुणयन्त्र अग्नीसमन बाहन तैनाथ गर्नुपर्छ भन्ने हाम्रो माग हो, कि भविष्यमा यस्ता घटना घटदा आम नागरिकको अर्थात् धन, जनको क्षति हुदैगर्दा केहि न केहि सहयोग हुन्थ्यो ? यस विषयमा मोरङ जिल्ला क्षेत्र नं. १ का संघिय सांसद मान्य घनश्याम खत्तिवडा ज्यूसंग पनि टेलिफोन संवाद गरेर जानकारी गराईयो साथै लेटाङ नपा उप प्रमुख लगायत वडा नं ९ का वडाध्यक्ष संग पनि घटना स्थलकाे बारेमा कुराकानी गरिएकाे थियाे ।

You can share this post!