सुन खानी छोडेर बालुवामा हिरा खोज्दा देशले सम्बृद्धि पाउला त ?

बेनाम बादशाह

देश बिकास हुदैछ, जनता भोकै छैनन र राख्दैनौ अनि यस्तै यस्तै नारा हरु लगाउने अहिलेका भ्रस्ट राजनैतिक दलका नेता हरुले भन्दा पनि बैदेशिक रोजगारीका कारण धेरै नेपालिको जिवन स्तर उक्सेको सर्वबिधितै छ । ६ महिना खाना अनि छ महिना कन्दमुल तरुल भ्यागुर खानु पर्ने बाध्यता होस या एक छाक खाना अनि एक छाक फलाहार खाएर आफ्नो गुजारा चलाउने आधा भन्दा बढि नेपालिको जिवन मा दुइ छाक खाना खाने र हात मा मोबाइल बोक्ने अवस्था बनाएको बैदेशिक रोजगारीले नै हो भन्दा अतियुक्ति नहोला ।

आफ्नो घर परिवार को पेट मात्र पालेको छैन बैदेशिक रोजगारीले सन्तान को लागि राम्रो शिक्षाको परिपुर्ति तथा अझ महत्वपुर्ण त देश को वार्षिक बजेट को आधा भन्दा धेरै त रेमिटान्स ले नै धानेको छ । यसको मतलब बैदेशिक रोजगारीले आफु र आफ्नो परिवार मात्र होइन देशका नेता हरुलाइ भ्रस्टचार गर्ने बजेट देखि लिएर चिल्ला गाडि ठुला महल बनाउन पनि ठुलै योगदान गरेको प्रस्टै छ । बिकट गाउ बाट सामान्य शिक्षा दिक्षा लिएर बिदेश पुगिन्छ रोजगारीको लागि अनि कडा परिश्रम गरेर थोरै भए पनि पैसा कमाइन्छ र आफ्नो परिवार र बाल बच्चाको चिन्ता लाग्न थाल्छ कि गाउ मा न राम्रो स्कुल छ नानी पढाउने न त बिरामी हुदा उपचार गर्ने राम्रो अस्पताल नै छ ।

अनि आफ्नी श्रीमति ले गाउमा गरेको दुख सम्झेर नानि अनि श्रीमति पहाड बाट तराइ वा गाउ बाट सहर ल्याइन्छ अनि एउटा सानो बालुवाको थुप्रो ( घडेरि ) पनि किन्छ यो बिचमा । ५/७ बर्षको बिदेश बसाइमा त्यो बालुवाको थुप्रो मा घर पनि बनिन्छ र सपरिवार गाउ अनि पहाड छोडेर त्यहि नया घर मा आएर बस्न थाल्छन पहाड अनि गाउ को सयौ रोपनी जग्गा बाझो राखेर । लामो बिदेश बसाइ अनि सहर मा घर भए पछि गाउ सम्झनै मन लाग्दैन त्यो उकालो ओरालो अनि त्यो अभाव दुख कस्ले गर्ने ? शहर मै रमाउछन अनि बिदेश बाट पनि अब नेपाल मा नै केहि गर्छु भनेर बिदेश बिट मारेर नेपाल फर्क्न्छन र जागिर खोज्छन बिदेश को सरह तर यहा बिदेशमा जस्तो महङो मुल्य श्रम को छैन ।

यतिन्जेल सम्ममा परिवारलाइ पनि सहरिया हावा ले छोइ सकेको हुन्छ कति को त आफु नेपाल आइपुग्दा आफ्नो जिवन साथी अर्कै सग गै सकेका हुन्छन भने नगएका पनि स्कुटि लगायत सहरिया बालुवाको हावाले छोएर धेरै खर्चिलो बनिसकेका हुन्छन । गाउ मा छदा बाहुन बोलाएर टिका लगाएर तथा मान्यजन बाट टिका थापेर मनाइने जन्मदिन शहर मा आउदा केक अनि वाइन पार्टि मा परिणत भै सकेको हुन्छ र भने अनुसार काम पनि पाइन्न खर्च धेरै धान्न गार्हो भएर एउटा युवक फेरि बाध्य भएर देश लाइ सराप्दै देशमा रोजगारी छैन भन्दै खाडि नै भासिन्छ पसिना बेच्न । यो र यस्तै प्रकार ले अहिले पहाड अनि गाउ शुन्य हुदै जादैछन भने शहर बालुवाको थुप्रो सरह बन्दै गएको छ ।

त्यो बेला जस्तो अब यो बेला छैन ढिलो अनि थोरै नै भए पनि नेपालका अधिकास ठाउमा बाटो पुगेको छ अनि स्थानिय स्तर मा नै भए पनि सानो तिनो जलबिधुत निकालेर बत्ति पुगेको छ त्यो बेला जस्तो बिकट अहिले छैन जुन बेला गाउ छोडेर बिदेश गएको थियो । त्यो गाउ को बाझो बारीमा गरे के हुन्न र अरबौ को तरकारि भारत बाट आयात हुन्छ हामि पढ्छौ, अरबौको खसि बाख्रा, कुखुरा भारत बाट आयात गर्छौ त्यो पनि पढ्छौ तर मनन गर्दैनौ । हामि सग के छैन हिमाल पहाड तराइ जस्तो मौसम चाहियो त्यस्तै मौसम छ अनि स्वर्गको टुकुरा जस्तो देश छ तर पनि मुल्य नचिनेर हजारौ रोपनि जमिन बाझो राखेर हामि रुमाल जत्रो टुक्रो मा बालुवाको थुप्रो मा बसेका छौ । सुन फल्ने हाम्रा गाउका जमिन बाझो राखेर सुन फलाउन छोडेर हिरा खोज्ने चक्कर मा शुख सयल सुबिधा अनि धेरै कमाइ हुने आशामा बालुवाको थुप्रो मा रुमल्लिइरहेका छौ ।

You can share this post!