कैलालीमा पुःन निषेधाज्ञा

खकेन्द्र भन्डारी धनगडी – कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिने भएपछि १ गतेदेखि लागु हुने गरी फेरी निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याएका हुन् । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई लम्ब्याईएको हो, सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ ।

व्यापार व्यवसाय भने यथावत रुपमा सञ्चालन हुने छ भने शैक्षिक संस्था र खेलकुदका गतिविधि बन्द रहनेछन् । होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ । राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ ।

You can share this post!