बस दुर्घटनामा १६ घाइते

काठमाडौ – सल्यानमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको बस छत्रेश्वरि गाउँपालिकाको ६ स्थित भुमेश्वर जिउलामा दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको र उनिहरुको उद्धार गरि श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । सामान्य अबस्थामा रहेका घाईतेहरुमा सबै सल्यानकै नागरिकहरु छन् । गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ ।

You can share this post!