पौडी प्रशिक्षक नयनालाई देखियो कोरोना पोजिटिभ

काठमाडौं –  राष्ट्रिय खेलकुद परिषदकी सहायक पौडी प्रशिक्षक नयना शाक्यलाई कोराना संक्रमण भएको छ । नयनाले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी छिन् । आफ्नो घर नजिकको स्टोर होल्डरमा कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोभिड-१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् ।

त्यसको केही दिनपछि भने आफू र श्रीमानमा सामान्य लक्षणहरु देखिएपछि आइसोलेशनमा बसेको र डाक्टरको सल्लाहअनुसार पुनः परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको नयनाले उल्लेख गरेकी छिन् । यस्तै गरी छोराछोरी र परिवारका अन्य सदस्यको पनि परीक्षण गर्दा सानो छोरा इभानको रिपोर्ट पनि पोजेटिभ आएको उनले बताएकी छिन् ।

You can share this post!