दिल्ली क्यापिटल्सका नेपाली लेग स्पिनर सन्दीप आईपीएल खेल्न यूएई पुगे

काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। सन्दीपको टोली दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमार्फत उनी यूएई पुगेर टिम होटलमा बसिसकेको जनाएको हो। यसअघि सन्दीप आइतबार यूएई पुग्ने भनिए पनि उनको विमान छुटेपछि एक दिन ढिला टोलीमा सहभागी भएका हुन्। सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए।

सन्दीपले अब तीनपटक कोरोना परीक्षण गरेपछि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन्। आईपीएलले पहिलो, तेस्रो र छैटौं दिनको परीक्षण नेगेटिभ आएपछि खेल्न पाउने प्रावधान राखेको छ। वेष्ट इण्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका सन्दीप अन्य खेलाडीभन्दा एक दिन ढिला यूएई पुगेका हुन्।

You can share this post!