पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै सुदूरपश्चिमको कानुन मन्त्रालयमा धर्ना

खकेन्द्र भण्डारी, धनगढी – सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्। सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा एक घन्टा धर्ना दिएका पत्रकारले आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन्। सञ्चारमाध्यममा आक्रमण गर्ने समूहको पहिचान भइसक्दासमेत प्रहरीले पक्राउ नगरेको विरोधमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकार आन्दोलनमा उत्रिएका हुन्।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले आक्रमण भएको ५ दिन पुगिसक्दा समेत संलग्नलाई पक्राउ नगरेकोले दबाबका लागि आन्दोलनमा उत्रनु परेको बताए। उनले आन्दोलनका कार्यक्रम अन्तरगत भोलि प्रदेश सभामा धर्ना दिने कार्यक्रम रहेको छ जानकारी दिए । साथै प्रहरी प्रशासनले दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याएर विहिबार देखि रिले अनसन सुरु गर्ने जानकारी दिए ।

त्यस्तै टिकापुरका पत्रकारले पनि ईलाका प्रशासन कार्यालय टिकापुरमा धर्ना दिएका छन ।दिनेश खवरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या गरेको समाचारको विषयलाई असन्तुष्टि जनाउन आएको एक समूहले पत्रकार जनक विष्टलगायतलाई कुटपिट र हातपात गरेको भन्दै पत्रकारहरु विगत तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

You can share this post!