फेवाताल संरक्षण्को डीपीआर प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा – पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालको ऐतिहासिक पृष्ठभूमीदेखि वर्तमान अवस्था, फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत समेटेर प्रतिवेदन तयार गरिएको नगरप्रमुख मानबहादुर जिसीले बताए ।

विस्तृत अध्ययन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेवाताललाई संरक्षण गर्नु सबैको दायीत्व भएकाले त्यसकालागि स्थानीय सरकार र प्रदेश सरकासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको नगरप्रमुख जिसीले बताए ।

You can share this post!