मोटरसाइकलको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु

खकेन्द्र भण्डारी, धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ५१ वर्षीय कमला रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल सहित चालक गौरीगंगा वडा नम्बर १ का रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You can share this post!