नालामा डुबेर वृद्धको मृत्यु

खकेन्द्र भण्डारी, धनगढी – कैलालीको टीकापुर नगरपालिका– ९ खक्रौलास्थित पुरानो भन्सार कार्यालयनजिकको नालामा  एक वृद्धको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका– ५ वसन्तानिवासी ७० वर्षीय नरबहादुर ढोली रहेको प्रहरीले जनाएको छ ।

मृतक ढोलीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याएकोे इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । 

You can share this post!