अर्जुनधारामा लुकिछिपी भारत बाट आएका मजदुरलाइ फर्काइयो

बेनाम बादशाह झापा – अर्जुनधारा नगरपालिका वार्ड न छ पुस्पलाल चोक मा स्थानिय को घर बनाउने भारतिय ठेकेदार बिगत ४ दिन देखि लुकिछिपि आएर घर निर्माण गरिरहेका थिए । बिस्व लकडाउन भएको र नेपाल पनि सबै बोर्डर र सिमाना शिल भएको अवस्थामा भारत को नक्सल घर भएका सुजन वर्मन नाम गरेका ठेकेदार लामो समय देखि नेपाल मा नै घर बनाउने काम गर्दै आएका थिए ।

लकडाउन बिच मा पैसा पुर्याउन भनेर भारत गएका उनि उतै रोकिएका थिए भने यता घर ठेका लिएर बनाउन छोडेर भारत गएको ले घर धनिलाइ पनि धेरै समस्या भएको थियो र त्यहि अधुरो घर लाइ पुरा गर्न सुजन भारत बाट सब्जिको गाडिमा फर्किने गरि काकरभिटा नाका बाट नेपाल प्रवेश गरेको बताउछन । स्थानिय को अवरोध को बावजुत पनि बिगत ४ दिन देखि काम गर्दै आएकोमा हाम्रो आग्रहमा झापा अर्जुनधारा नगरपालिका स्वास्थ प्रमुख मुकुन्द बस्नेतले सोधपुछ गरेर भारत बाट लुकिछिपि आएको अनि यसरि काम गर्न नमिल्ने र निजलाइ भारत नै पठाउनु पर्ने र वर्मन सग सम्पर्कमा भएका सबैलाइ होम क्वारेन्टाइन मा बस्नु पर्ने बताए ।

स्वास्थ प्रमुख बस्नेत र अर्जुनधारा नगरपालिका ६ का वडा अध्यक्ष लोकनाथ गाैतमले पनि यसरि लुकाइ छिपाइ राख्न नहुने र तुरुन्त निज वर्मन लाइ भारत पठाउनु पर्छ र यस्तो सन्क्रमण को बेला यस्ता गतिविधि नगर्न पनि अनुरोध गरेका थिए । साथै निज वर्मन लाइ नगरपालिकाको स्वास्थ शाखाको एम्बुलेन्स मा काकरभिटा सम्म जाने ब्यवस्था गरिएको थियो । उनीहरुले अर्जुनधारा नगरपालिकामा कोहि कतै यसरि बिना जानकारी भारत बाट आएर लुकि छिपि काम गर्दै भए तुरुन्त खबर गर्न समेत स्थानिय लाइ अनुरोध गरेका छन् ।

You can share this post!