चितवनमा ठोक्किए दुइ ट्रक

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत खहरे पुलमा दुई वटा ट्रक ठोक्किएका छन् । सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ मा भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् ।

काठमाडौबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा सवार ६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

You can share this post!