भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको स्वास्थ्य अवस्था स्थिर

खकेन्द्र भण्डारी, धनगढी भेन्टिलेटरमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । भेन्टिलेटरमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । अस्पतालको आईसोलेसनमा उपचाररत उनमा कडा खालको लक्षण देखिएपछि सघन उपचार कक्ष आईसियूमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसियुबाट भेन्टिलेटरमा सारिएको थियो ।

You can share this post!