लक्ष्मण चौलागाई विद्रोही
गुल्मी जिल्ला अर्लाङ्कोट- ९ स्थायी घर भै हाल धौलागिरी टोल, गैंडाकोट नवलपरासीमा बाबुराम भट्टराईको घरमा डेरा गरि बस्ने चेली वर्षा गौतम २४ वर्ष नकट्दै जीवन र मृत्युको दोसाँधमा छट्पटीदै गम्भीर शैयामा याचना गरिरहनुभएको पीडादायी खबर लिएर आएको छु । आर्थिक अवस्था एकदम कमजोर भएको र वर्षाको साथमा श्रीमान र एक छोरा एक छोरी हुनुहुन्छ । दुई सन्तान क्रमश: १५ महिनाका बाबु र ७ वर्षकि नानी हुनुहुन्छ ।
१५ महिनाको शिशुले आमाको दूध खान नपाएको नै ती शिशुको जन्मपछी वर्षा रक्तस्राव भै ओछ्यान पर्नुको विवशताले हो । बिहान र बेलुकाको हातमुख जोर्न, छाक टार्न अत्यन्तै कठिन अवस्थाका Ajeep Gautam गौतम परिवारको उपचारमा पनि थुप्रै रकम सकियो अहिले मात्र उहाँहरुको साथमा आधा शरिर मरिसकेको अजीप को जीवन संगीनीको दर्दनाक र पिडादायी दिन र रातहरु मात्रै साथ छ, जायजेथा बेचेर उपचार गर्ने सम्पत्ती श्रोत पनि खासै छैन। जब वर्षा सुत्केरी भइन् तब उनको निरन्तर रक्तस्राव भइरहयो।
पछि अस्पतालमा चेक जाँच गराउदा वर्षाको एकापटिको फोक्सो नै फेर्नुपर्ने अवस्थामा पुग्नेगरी खराब हुनु र आर्थिक स्थिती सबल नहुनुले यतिबेला वर्षाका श्रीमानको लागि आकाशले थिचे जस्तो, जमीन भासिए जस्तो र संसार अन्धकारको अवस्थामा छ । ती १५ महिनाका शिशुलाई दूध किनेर खुवाउनेसम्म उहाँहरुको आर्थिक श्रोत छैन । घरी मर्दै घरी ब्युतिँदै गर्छिन वर्षा ! सन्तान टुहुरो नहुन् भनेर कृत्रिम श्वास दिएर राखेको हो, खै बाच्ने त हो कि होइन ? गहभरी आँसु पार्दै वर्षाका श्रीमान अजिप गौतम बताउनुहुन्छ ।
यतिबेला वर्षाको लागि हामी आम नेपालीको दयालु र विवेक अनि करुणाको मनको आवश्यकता छ। तब मात्र वर्षाको लागि महंगो उपचार सम्भव छ । नत्र वर्षा यो संसार मात्र छोडेर जाँदै छैनन् ती काखका अवोध शिशुको सम्पूर्ण सांसारिक खुसीको दिप निभ्नेवाला पनि छ र वर्षाको लागि सम्पूर्ण संसार सकिँदैछ । परिवारको सम्पूर्ण खुसी समाप्त हुँदैछ । https://m.facebook.com/story.php?story_fbid=2983028645253223&id=100006383499455 लन्डनदेखि अष्ट्रेलिया, जर्मनी, इटाली, पेरु, अफ्रीका, फ्रान्स, स्पेन, जापान, अमेरिका युरोपमा रहनुहुने र प्रवास लगायत संसारभरमा रहनुहुने सम्पूर्ण नेपाली मन र मित्रहरुको थोरै थोरै आर्थिक सहयोग र नेपाल भित्रै रहेका मनकारी मनहरुको गच्छे अनुसारको सहयोगले नै वर्षाको जीवन उठ्न सक्छ ।
यदि यहाँ जनताको भोटले निर्वाचित भएको म अब जनताको स्वास्थ्यको पनि मैले हेरचाह गर्नुपर्छ भन्ने स्वास्थ्यमन्त्रालयको मन्त्रीको सहयोगले मात्रै वर्षा गौतमको फोक्सो फेर्न सम्भव होला या डाक्टरका थुप्रै विकल्पहरु मध्ये कुनै पनि एक विकल्पले वर्षालाई बचाउन सकियो भने ती अवोध शिशुको अधर प्रसन्न हुन पाउनेछ । बजारमा थुप्रै युट्युबरका पेटि बिटा सहयोग दान गर्ने युट्युबहरु भए तापनी वर्षाको अनुरोध न भाग्य न्यौपानेले सुने न शिशिर भण्डारीले सुने न त हेमराज थापाले नै सुने !
यसैले वर्षाको अवस्थाबारे जानकारी दिनुभयो दलित मुक्ती मोर्चाकी अभियन्ता प्रतिनिधि कमला परियार प्रेरणाज्युले र यो खबर तपाईहरुसम्म पुर्याउन प्रयास गरेको हुँ मैले…आदरणीय नेपाली मनहरु, हजार जना जति सहयोगी मनहरुले यथाशक्ती सहयोग गर्न सकियो र इनफ रकम भयो भने कृत्रीम फोक्सोको पनि विकल्प बन्न सक्छ र वर्षाले यो लाउँलाउँ र खाउँखाउँको उमेरमा भारी जिम्मेवारी सहित ती अवोध बालकहरुको मातृवात्सल्यको स्नेह दिन पाउँथिन् यो अनमोल र अमूल्य चोलामा ।
यहाँ जो गरिब छ, जो दु:खी छ तब उसलाई कष्ट पर्छ तब भगवानको भरोसा बाहेक अर्को कुनै आशा नभएकोले हृदयमा भगवानको वास भएकाहरुले वर्षालाई आफ्नै छोरी, बहिनी, चेली, दिदी सम्झेर सहयोग गरिदिनुभयो भने साहस र सहानुभूतिले पनि वर्षाको आत्मबल बढ्छ कि भन्ने अपेक्षा गर्न सकिन्छ । न उनको बैंक अकाउन्ट छ न त इन्स्योरेन्स नैं छ । छ त केवल रित्तो कोठा अनि एक सिलिन्डर ग्यास र अक्सिजन । थोरै रासन पानी पनि केही सहयोगी मनको अमुल्य सहयोगको कारण थोरै दिन अघि जुगाड भएको हो ।
हाल वर्षाले कोरोनाको कारण अस्पताल बाट कोठामा अक्सिजनको साथ बाँधिएर घरी आत्तिदै घरी श्वास फेर्न असहज हुँदै गुजार्नुपरेको यो सजाँयलाई नयाँ नेपालका नायकहरुले सुनिदिए कति धर्म हुन्थ्यो होला ? औषधीको भरमा डेरामा अक्सिजनको साथ मात्रै ढल्नुपरेको छैन वर्षाले, कहिले त भोकभोकै औषधि खानुपरेका पिडादायी कथा एक गरिबको कति नै लेखेर सकिएला र ?”सरकार !”मुलुकमा परिवर्तन आयो तर त्यो परिवर्तन कसको लागि आयो ? भन्ने प्रश्नको जवाफमा उपचारको लागि खर्च अभावमा मृत्युशैयामा लडिरहेका वर्षाहरुको छट्पटीरहेको दृश्य र गम्भीर परिस्थिती हाम्रो आँखा अगाडी देखिन्छ ।
राज्यले चामल, तेल नुन र कुखुराको चल्ला र अन्डामा समेत कर असुल्ने सरकारले नागरिक गरिबीको पीडामा औषधि उपचारको यथाशक्य शिघ्र इमर्जेन्सी घडीमा छट्पटीरहँदा पडोसीको जस्तो बेवास्ता गरेकोमा खिन्न छन हजारौं वर्षाहरु ! “कति वर्षाहरुले त गरिबीको नाममा मृत्युको अन्तिम ज्वाला पनि निलिसके । वस्तीवस्तीमा थुप्रै वर्षाहरुको अल्पायुको कठिन घडीमृत्युको मुखमा गुज्र्न विवश छ ।
यसैले विवेक र धर्म भएकाहरुको दयाको हात र साथ माग्न विवश छन् हजारौं बर्षाहरु । कतिले सुन्छन्, कतिले धिक्कार भन्छन् त कतिले सहयोगी हातको सहयोग गर्छन् अनि बल्ल वर्षाकालागी अर्को सिलिन्डर ग्यासको जोहो हुन्छ । श्वास खरिदेर बाचिरहेकी छिन् गुल्मीकी छोरी वर्षा ! आँसुका बलिन्द्रा झार्दै गुहार माग्न विवश छिन उनी । यो अवस्था सुन्दा जति दर्दनाक छ अनुभूति गर्ने अजिप गौतमकी धर्मपत्नीका लागि कतिबेला जिन्दगीको अन्तिम रात पर्छ थाहा छैन ।
अब संसारभरका सहयोगी हातहरु एक पटक वर्षातिर तेर्सिदिए भने एक गरिब, दिनहिन, दुखी, अवला नारिले पुनर्जन्म पाउने थिइन् कि ? सहयोग गर्न चाहनुहुन्छ भने कृपया वर्षाको हालको ठेगाना : हाल धौलागिरीटोल, गैंडाकोट, नवलपरासी जिल्लामा बाबुराम भट्टराईको घरमा डेराको शैयामा छिन् उनी । उनको मोबाइल नम्बर ९८६४२६३००१ मा सम्पर्क गरि हजुरले आफ्नो गच्छे अनुसारको सहयोग गरिदिनुभयो भने त्यो नै महान् पुन्य कर्म हुनेछ । भगवानले वर्षा बहिनी लगायत सहयोगी र कामनार्थी सबैलाई रक्षा गरुन् ।