अबदेखि कोरोना परिक्षण शुल्क २ हजार मात्रै

काठमाडौं – सरकारले कोरोना भाइरस परीक्षणका लागि शुल्क समायोजन गरेको छ । सरकारले देशभरका अस्पतालमा पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो । यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सयसम्म लिन सकिने निर्णय गरेको थियो ।

You can share this post!