लक्ष्मण चौलागाईं विद्रोही
जब जब कुशासन चल्छ तब दलालहरुले दादागिरी गर्छ । जबजब सुशासन छाउँछ तब देशभक्तहरुको राज्य चल्न थाल्छ । जब जब लोकतन्त्र आउँछ तब जनता हमेसा सुरक्षीत हुन्छ । जब जब लोकतन्त्रकै उपहास हुन्छ तब निरीह जनता दमनमा पर्दछ । राज्य भनेको शासन हो जहाँ गणराज्य जनताको हुन्छ । सत्ता भनेको शासन गर्ने निकाय हो जहाँ जनताले निर्वाचित जन प्रतिनिधि कामदार हुन्छ । यसैले सच्चा गणतन्त्रमा जनता मालिक हुन्छ । त्यसैले अहिले राक्षसीतंत्र छ र जनता दास भएको देखिन्छ ।
गणतन्त्र सुन्दर व्यवस्था हो जहाँ दलालको द पनि परिकल्पना गर्न सकिदैन। सामन्तीको विरोध गर्नेहरुको सत्ता सामन्ती जीवन शैली सेवासुविधाका पोशाकमा पो देखियो । त्यसपछी लोकतन्त्रलाई निर्ममतापूर्वक घायल बनाएको भेउ पाउन थालियो । अनि बढ्न थाले हाम्रा विरोधहरु सम्माननीय /महामहिम /माननीय जनताहरुलाई सत्तामा पुगेपछी नोकर जस्तो बनाउने गणतन्त्र गणतन्त्र हुदैन अनि विचौलिया, भूमाफिया, भ्रष्ट, गुन्डातंत्र आयो जसले जनताले उपभोग गर्ने उपभोग्य वस्तुदेखी वस्तुभाउसम्म कर लिएर त्यही कर दाता माननीय जनताको मृत्यु गरिबिमा पार्न थाल्यो र सत्ता उन्माद देखाइ रहयो ।
तब २ करोड ९० लाख जनताको मनमा परिसक्यो यो अवसरवाद, यो दलाल र यो विचौलिया सत्ताले गणतन्त्र भन्दै १७ हजार सहिदलाई ढाँट्यो देश बनाउने सवाल नै सम्झिएन महंगो भत्ता निल्दै दल बनाउने नीति लियो दलिय राजनिती जनवादी सत्तामा प्रदुषित हुँदैन समान हुन्छ भन्ने सत्य विर्सियो जनताले गद्दार राजनिती भन्न विवश भैसके बजार भाउको महंगी, गरिबको औषधोपचार अभावमा मर्न विवशको परिस्थिति जनताको ढाड्मा दाल दल्दै झन् मार्ने सच्चा गणतन्त्रको नीति हुदैन तर यहाँ त न्याय मृत छ तर यहाँ त शक्तिको राज्य चल्छ अनि निर्मलाहरु मारिए, माया विकहरु मारिए कुमार पौडेलहरु मारिए
थुप्रै थुप्रै मारिए तर विदेशमा अरबी मरेको जस्तो गरि बेवास्ता गर्ने नगर र नगरप्रमुख र वडा प्रमुखले कसरी जनताको सुरक्षा गर्छ र अभिभावक हुन्छ ? भन्ने प्रश्न हरिकुमारहरुका अन्शनले सोधिरहेका छन् । सच्चा गणतन्त्रमा लोकतन्त्र सुन्दर व्यवस्था हो जहाँ सत्ता जसको भए पनि सबको साझा हुन्छ तर यहाँ सत्ता र सरकार दलको अनि मुख्य नेतृत्वले नै भन्न थालिसक्यो १० लाख मेरा कार्यकर्ता भोट २ करोड ४० लाखसंग मागेको बिर्सिएको छ व्यवस्थाले यसकारण जनताले भन्न विवश भए खै हाम्रो गणतन्त्र ?