कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाण्डु – कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

प्रतिनिधिसभातर्फ काठमाण्डुबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ

‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए । यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

‘लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्याका केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएका छन् । यस बीचमा २६ हजार नेपाली बाहिरिएको तथ्यांकले देखाउँछ,’ अध्यागमन विभागका महानिर्देशक केसीले राजधानीसँग भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहदुर बुढाले हाल भने १० विभिन्न नाका हुँदै भारतीय सीमासँग जोडिएका नाकाहरूबाट नेपाली आइरहेको जानकारी दिए ।‘अहिले १० वटा विभिन्न नाका हुँदै भारतबाट नेपालीहरू आउन पाउँछन्, यताबाट जानेहरू समेत आवश्यक कागजात पु¥याएर गइरहेका छन,’ गृह प्रवक्ता बुढाले भने ।

सरकारले भारतबाट आउनेहरूलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा स्थानीय तहसम्म पु¥याउने गरेको छ । यसरी आउनेहरू नेपाल भित्रिएपछि अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ भने सम्बन्धित स्थानमा पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ ।यो समाचार आजनको राजधानी दैनिकमा छ ।

source : kathmandupati.com

You can share this post!