इतिहासमा आज– माओत्से तुङको निधन

आज ९ सेप्टेम्बर । सन् १९७६ मा चिनियाँ क्रान्तिका योजनाकार तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङको ८२ वर्षको उमेरमा निधन भयो । कम्युनिष्ट पार्टीले १२ बजेर १० मिनेट जाँदा उनको मृत्युुको घोषणा ग¥यो । अध्यक्ष माओ त्से तुङको स्वास्थ धेर वर्षअघिदेखि खराब थियो । पछिल्ला केही महिनादेखि उनी सार्वजनिक जीवनबाट टाढा थिए ।

माओत्से तुङको मृत्युको खबर सुनेलगत्तै कालोपट्टी बाँधेर शोक मनाउन सर्वसाधारणहरु राजधानी बेइजिङमा भेला भएका थिए । माओको तस्विर अगाडि उभिएर उनीहरुले श्रद्धाञ्जली टक्र्याए ।

उनको शरीरलाई मृत्युपछि ग्रेट हल अफ द पिपुलमा राखियो भने १८ सेप्टेम्बरमा उनको सम्मानमा १८ सेप्टेम्बरमा टियानान्मेन स्क्वायरमा श्रद्धान्जलीसभा राखियो । सन् १९२१ मा गठन भएको चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापकमध्येका एक थिए, माओ । सन् १९३० को दशकमा तत्कालीन सत्तारुढ पार्टीको आक्रमणविरुद्ध कम्युनिष्ट फौजको नेतृत्व गर्दै आयोजित ‘लङ मार्च’ को नेतृत्व गरेपछि चीनमा माओको ख्याति चुलिएको थियो । सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएपछि माओ राष्ट्राध्यक्ष बने । सन् १९५० को दशकमा माओले ‘ग्रेट लिप फरवार्ड’ अभियानमार्फत औद्योगिक उत्पादन वृद्धी गर्नका लागि चीनको ठूलो जनशक्तीलाई ग्रामिण जनताका कम्युनमा परिचालन गरे । माओले २७ अप्रिल १९५९ मा देशको राष्ट्राध्यक्षको जिम्मेवारी छाडेका थिए, तर कम्युनिष्ट पार्टीको अध्यक्ष तथा देशको सर्वोच्च नेताका रुपमा उनले आजीवन चीनको नीति–नियममा आफ्नो प्रभाव कायम राखे ।

सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु भयो । स्कुल र विद्यालयहरु बन्द गरिए अनि धेरै विद्यार्थीहरु सैद्धान्तिक अभियानका क्रममा लालसेनामा जोडिए । सन् १९७१ मा चीनले संयुक्त राष्ट्रसंघको मान्यता पायो भने सन् १९७२ मा माओलाई भेट्न अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीन भ्रमणमा आए, उनले त्यहाँ आठ दिन बिताए । जनगणतन्त्र स्थापनापछि चीन भ्रमणमा आउने निक्सन पहिलो अमेरिकी नेता थिए, अमेरिकासँग चीनको सम्बन्ध सुधारमा यो भ्रमण कोशेढुंगा साबित भयो ।

अन्य घटनाक्रम

सन् १९७१– अमेरिकाको राजधानीको नाम वासिङटन डिसी राखियो । अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङटनको सम्मानार्थ राजधानीको नामाकरण गरिएको हो ।

सन् १९९१– सोभियत संघबाट ताजकिस्तान स्वतन्त्र । 

सन् २००४ – जाकार्तामा अस्टे«लियन दूतावासबाहिर बम पड्कदाँ १० जनाको मृत्यु ।

सन् २०१२ – ईराकमा आत्मघाती बम बिस्फोटमा १ सयभन्दा धेरै मानिसको मृत्यु, ३ सय ५० जना घाइते ।

source : ratopati.com

You can share this post!