क्यान्सर पिडीतलाइ एकतप्पा सेवा समाजकाे अार्थिक सहयाेग

बेनाम बादशाह (रमेश) इलाम – इलामको फाकफोकथुम गा:पा -6 शिकारीभन्ज्याङ निवासी जमुना श्रेष्ठ लाई एकतप्पा सेवा समाज, झापाले उपचार सहयोगको लागि 25 हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्षिय जमुना श्रेष्ठ को उपचारको निम्ति रकम हस्तान्तरण गरेको हो ।

समाजको अध्यक्ष डबल लिम्बुसहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडित जमुना श्रेष्ठ को छोरी लाई अस्पतालमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ !पुर्बाञ्चल क्यान्सर अस्पताल विर्तामोड झापामा उपचार भइरहेका जमुना श्रेष्ठ को पेटमा भएको क्यान्सरको हाल उपचारको क्रममा रहेको छिन । विरामी श्रेष्ठ को आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग गरिएको एकतप्पा सेवा समाजले जानकारी गराएकाे छ ।

You can share this post!