भदौ २५ गतेबाट निषेधाज्ञा तोडेर पसल खोल्ने नाडाको घोषणा

काठमाण्डु – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञा तोडेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । नाडाको सोमबार बसेको  पदाधिकारी बैठकले भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारले निषेधाज्ञा नखोले जनताले आफैं तोड्ने बताए । उनले सरकारको नियम ६ महिनासम्म पालना गरेको र अब जनविद्रोह सुरु हुने चेतावनी दिए । उनले सरकारी कर्मचारी र राजनीतिज्ञहरुले मात्र बन्द गर्नुपर्छ भनेर आवाज उठाएको बताए

‘सरकारी कर्मचारीले कहिले पनि काममा जानुपर्छ भन्नु भएको छैन् । उहाँहरुले बन्द गर्नुपर्छ । कोरोना फैलिन्छ । घरमा बस्नुपर्छ, लकडाउन गर्नुपर्छ भन्नु भएको छ । किनभने उहाँहरुले घरमा बसेर तलब पाइहाल्नु भएको छ । व्यावसायी, उद्योगी बाहेक जति पनि कर्मचारी नेताले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको आवाज सुन्छौं हामी’, उनले भने ।

उनले अहिलेको अवस्थामा जनता शोक मनाएर बस्न नसक्ने बताए । अध्यक्ष दुलालले १ सय ८० दिन लामो लकडाउन कुनै पनि देशमा नभएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले भन, ‘कित भोक हुन्छ कि सोक हुन्छ । अहिले शोक मनाएर बस्ने बेला भएको छैन् । भोक लाग्ने बेला भएको छ । ६ महिना १८० दिन बन्द छ देश । यो त कहि पनि छैन् । भारत, पाकिस्तान लगायतका देशमा लकडाउन खुलाइसकिएको छ ।’

source : kathmandupati

You can share this post!