नेपालमा पहिलोपटक कोरोनाबाट पत्रकारको मृत्यु

काठमाण्डु – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्षसमेत हुन् । उनको मृत्युपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनका दुई छोराहरूमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो । उनी लामो समयदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

source : kathmandupati

You can share this post!