दर्जनौँ बेसहारा बालबालिकाको सहरा बन्दै मायाघर बाल आश्रम

काठमाडौ – मानव सेवामा समर्पित “महिला तथा बालविकास मञ्च नेपाल मायाघर” बेसहारा बालबालिकाहरुको लागि वरदान सावित भएको छ । काठमाडौको किर्तिपुर नगरपालिकामा विगत १० बर्ष देखि सञ्चालनमा रहेको उक्त मायाघर बालआश्रममा २४ जना बालबालिका बस्छन् । उनीहरुलाई खाने र बस्ने सबै सविधा उक्त आश्रमले उपलब्ध गराउँदै आएको छ ।

आमा बुवा नभएका टुहुरा बालबालिकालाई गास, बास, कपास र आधारभुत शिक्षाको व्यवस्था गर्ने गरी सञ्चानमा ल्याएको मायाघर बालआश्रमले आफ्नै आन्तरिक स्रोतबाट आर्थिक स्रोत व्यवस्थापन गरिरहेको “महिला तथा बालविकास मञ्च नेपाल मायाघर” कि संस्थापक दुर्गा आचार्य पौडेलले काइटलाई जानकारी दिइन् ।

विगत १० बर्ष देखि सञ्चालित मायाघरले कोभिड–१९ का कारण थुप्रै असहजता गरायता पनि आफ्नो कार्यलाई निरन्तरता दिने उनले जानकारी दिईन् । यतिखेर समग्र विश्व नै कोरोनाले आक्रान्त बनाएको अवस्थामा आफुहरु पनि त्यसबाट अछुतो नरहेको बताईन् । थप आर्थिक स्रोत जुटाउन सकिएको अवस्थामा समस्याग्रस्त बेसहारा बालबालिकाहरुको संख्या थप्ने योजना रहेको पनि संस्थापक पौडेलले जानकरी दिईन् ।

You can share this post!