युवराज खतिवडालाई छेउँमै राखेर बालुवाटारबाट ओलीको राजनीतिक सन्देश

कोरोना महामारीको प्रभाव र जारी लकडाउन तथा निषेधाज्ञाकाबीच व्यवसायिक क्षेत्रमा परेको प्रभावबारे कुरा गर्न प्रधानमन्त्री ओलीले निजी क्षेत्रका उद्यमी व्यवसायीलाई बोलाएका थिए ।

निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आज आयोजना गरिएको छलफलमा प्रधानमन्त्री ओलीले बहिर्गमित अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई छेउँमै राखे ।

ओलीले देशको अर्थतन्त्र संकटमा रहेको बेला विज्ञहरुको काम रहेको भन्दै युवाराज खतिवडा आफ्नो टिममा रहने (सम्भवत सल्लाहकार) संकेत गरेको एक उद्योगीले जनादेशलाई बताए । युवराजलाई साथमै राखेर ओलीले अर्थमन्त्रीबाट हटेपनि उनी आफ्नो ‘कोर टिम’मै रहेको राजनीतिक सन्देशमात्र दिएनन् उद्यमी व्यवसायीलाई पाठ पनि पढाइदिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति हुन सक्ने भन्दै निजी क्षेत्रलाई कोरोनाबारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गरिरहेको तर्फ सचेत गराए । नेपाली अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको र नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको दावी ओलीले दोहोर्‍याए ।


प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै कर असुलीमा मात्र ध्यान दिएको भनेर सरकारको चित्रण नगर्न आग्रह पनि गरेका थिए ।

छलफलमा नेपाल वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासहित उद्यमीहरु राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरू सहभागी थिए । उनीहरुले आआफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

बामदेवको भाका सरेको सर्‍यै
प्रधानमन्त्री ओलीले १४ फागुन २०७७ मा पार्टी सचिवालयले गरेको बामदेव गौतमलाई राष्ट्रिय सभाका पठाउने निर्णय तुहाइदिएका ओलीको अन्तिम प्रयास युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाएर अर्थमन्त्रीमा निरन्तरता दिने थियो ।

राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएसँगै खतिवडाले शुक्रबार अर्थमन्त्रीको पदबाट राजीनामा बुझाएका थिए।

गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको साता वित्न लाग्दा पनि निर्णय कार्यान्वयन भएको छैन । १९ भदौमा बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने अनुमान गरिएपनि युवराज खतिवडाको विदाइमै सबै समय दिइयो । बैठकमा ओलीले खतिवडाको प्रशंसामा धेरै समय खर्चिएको एक मन्त्रीले बताए ।

मन्त्रीमा आकाँक्षी बामदेव लगायतका नेताहरुलाई गलाउने र आफ्नो पक्षमा पारेपछि मात्र सिफारिशको निर्णय गर्ने ओली समूहको भित्री तयारी रहेको बताइएको छ । औपचारिकरुपमा ओली गुटमा सामेल भएपछि मात्र गौतमलले सांसद हुन पाउने विश्लेषकहरुको बुझाई छ ।

source :janadeshdaily.com

You can share this post!