भारतमा ९१ हजार भन्दा बढी संक्रमित थपिए

भदौ २२, २०७७ काठमाडौं : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गइरहेको छ।  पछिल्ला दुई दिन क्रमशः ८६ हजार र ९० हजार संक्रमित भेटिएकामा पछिल्लो २४ घण्टामा सर्वाधिक ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हिजो मात्रै भारतमा १ हजार ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट उच्च प्रभावित भएको भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ रहेको छ।  योसँगै भारत सर्वाधिक संक्रमित हुने देशको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएको छ। सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा हिजो जम्मा साढे २८ हजार कोरोना संक्रमित थपिदा ३ सय ८९ जनाको मात्रै मृत्यु भएको छ।  यसैगरी ब्राजिलमा हिजो एकैदिन १४ हजार ६ सय ६ जना संक्रमित थपिदा ४ सय ५६ जनाको मृत्यु भएको छ। मेक्सिकोमा थप ६ हजार ३ सय जनामा संक्रमण पुष्टि हुँदा ४ सय ७५ जनाको मृत्यु भएको छ। यस्तै कोलम्बियामा २ सय ७५, साउथ अफ्रिकामा १ सय १०, अर्जेन्टिनामा १ सय २० र इरानमा १ सय ३९ जनाको थप मृत्यु भएको छ।                   
source :thahakhabar.com

You can share this post!