रातो मच्छिन्द्रनाथ रथयात्रा विवाद: पक्राउ पर्ने १६ जनाको रिहाइका लागि जिप्रका घेराउ गरिँदै

ललितपुर, २२ भाद्र । रातो मच्छिन्द्रनाथ र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर पु¥याइएको स्थानदेखि २० मिटर तानेर आइतबार पुल्चोकको मण्डः पाटीमा पु¥याइएको छ । रथयात्रा भइरहँदा नागबहाल, चल्खु, जावलाखेलमा पक्राउ परेकाहरुलाई रिहाइ गर्न मानिसहरु दबाब दिन भेला भएका थिए । रथयात्रासँगैै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण वैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो।

बिहीबार पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तानेर करिब डेढ सय मिटर टाढा पु¥याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसयता रथ सडकको बीचबाटैमा थियो । त्यसपछि सरोकारवाला निकाय र गुठी खलहरुको संयुक्त बैठकले रातो मच्छिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।

रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लाने साइत निस्कने बताइएको छ । पुल्चोक घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गर्दै छ । प्रहरीले रातो मच्छिन्द्रनाथ रथ तान्नेक्रममा भएको झडपको सिलसिलामा १६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक मुद्दाअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानपा–११ का पृथविन्दु महर्जन, अनिल खड्गी, १६ नम्बर गाःबहालका महेश वज्राचार्य, रवीन शाक्य, २१ नम्बरका असोजकुमार महर्जन, ६ नम्बरका रवि शाक्य, ७ नम्बरका रत्नलाल श्रेष्ठ र २० नम्बरका नरेश शाक्य छन् ।

महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज वज्राचार्य र अनिस महर्जन, भक्तपुरका श्याम था, निरज वादे रकाठमाडौंका यादवलाल कायस्थ रहनुभएको खबर समाचार पत्रले छापेको छ ।

source : reportesnepal.com

You can share this post!