चीनको कोरोना खोप पाकिस्तानसहित थप चार देशमा परीक्षण हुँदै

काठमाडौं, चाइना नेशनल बायोटेक ग्रसप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ ।

चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको छ । चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको छ ।

सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन ऊहान र बेइजिङको सिएनबीजी युनिटमा तयार गरिएको हो । यस्तै पाकिस्तानमा बेइजिङ युनिटको भ्याक्सिनको ट्रायल हुनेछ ।

सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने सम्भावना छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिले नै ट्रायल शुरु भइसकेका छन् । स्रोत : बीबीसी

You can share this post!