मलकाण्ड देखि रेलकाण्डका दलाललाइ कार्वाही गर्ने नेकपाको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको भन्दै दिन–प्रतिदिन राष्ट्रघाती र जनघा’ती काम गर्दै गएको बताएका छन् ।

आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रघाती काम गर्ने, देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै का’रबाही नगर्ने हो भने जनताको आ’क्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने उल्लेख गरेका छन् ।

देशमा मलको समस्याले गर्दा किसनाहरू छट्पटाइरहेको बेला सरकारले भने भ्रष्टाचारी र बदनामहरूलाई नै मल खरिदको ठेक्का दिएको भन्दै प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘किसानहरूको धानबाली असोजबाट पाक्न थाल्छ । भदौ तेस्रो सातासम्म किसानहरू मल अभावले छट्पटाइरहेका छन् । देशैभरिका जिल्लाहरूमा किसानहरू मलका निम्ति हजारौँको सङ्ख्यामा बिहानदेखि रातीसम्म पङ्तिबद्ध छन् । देशभरि मलको खोजीमा भौँतारिरहेका छन् तर आपूर्तिका निम्ति भनेर सरकारले ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरूका रक्षाकवच, शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होबिको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौँ पुल र सडकहरू बर्सौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकेदारहरू राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरू हुन् । बोलकबोलअनुसार सम्बन्धित ठेकेदारहरूले मल आपूर्ति नगर्दा लाखौँलाख किसानको धानबाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालय कारबाहीको त कुरा टाढा भयो, सोधपुछ गर्दैन । कृषिमन्त्री बङ्गलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाको फलाक्छन् । यो कार्य घोर आ’पत्तिजनक, किसानहरूको बालीनाली माथिको खेलबाड हो ।’

यस्तै पूर्व–पश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गत रहेको रेल विभागले ३३ अर्बमाथिको ठेक्कामा लुटखसोट गर्ने काम भइरहेको भन्दै प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, ‘मुआब्जा वितरण नगरी प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै आफ्नै राज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिन्डिकेटधारी ठेकेदार एवम् कम्पनी शर्मा एन्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिसनको खेल र सेटिङमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चारमाध्यममा छताछुल्ल हुँदासमेत सरकार नसुनेझैँ गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिसनकाण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पाटी स्पष्ट गर्दछ ।’

उनले आफ्नो पार्टीको लोकप्रियताको फाइदा उठाएर पार्टीका नाममा चन्दा सङ्कलन गर्ने काम बढेको भन्दै आफ्नो पार्टीको बदनाम गर्ने तत्वले यस्तो कार्य गरेको बताएका छन् । प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आतङ्क मच्चाउने गुन्डा, लुटेरा, सुराकी, भगौडा र आ’पराधिक तत्वहरू ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई विविध माध्यमबाट जानकारी गराइरहेका छन् । क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापारी–व्यवसायी एवम् कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्नेबाहेक चन्दाका नाममा आतङ्क मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको कुरा आमनेपाली जनतामा हाम्रो पार्टी विनम्र जानकारी गराउँछ । सहयोगदाता महानुभावहरूले पार्टीको आधिकारिकताबाहेक नठगिन र ठगहरूलाई पार्टीमा बुझाइदिन पार्टी विषेष अुनरोध गर्दछ । पार्टीले ठाउँको ठाउँ कार’र्बाही गर्नेछ ।’

प्रेस विज्ञप्ति

नेपाली जनताले परिवर्तन र क्रा’न्तिको युगीन राजनीतिक यात्रामा साढे पाँच दशकभन्दा बढी अर्थात् ५६ वर्ष (२००७ सालदेखि २०६३) सम्म खाएको धक्का, प्रतिधक्का र पूर्ण धक्काका घातक दुष्चक्रहरू पार गर्दै नेपाली सामाजिक क्रान्तिको नयाँ, महान् र ऐतिहासिक प्रक्रियामा तीव्रतम् रूपमा प्रवेश गरिरहेको छ । संसदीय राजनीतिक क्षेत्र र राज्यव्यवस्थामा रहेका दलाल पुँजीवादी गिरोहले नेपाली जनता र राष्ट्रका वि’रुद्ध घटाउने आपराधिक घ’टनाबाट जीवनभर मर्माहत र आक्रोशित हुँदै आएका नेपाली जनता नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रा’न्तिबाट उत्साहित आशावादी र राष्ट्रिय एवम् जनमुक्ति दृष्टिगोचर गरिरहेका छन् । यही बेला राज्य र प्रकृतिले थप जनवि’रोधी र पी’डादायी घ’टनाहरू घटाएको छ । राज्यद्वारा घटित घ’टनाहरू र प्राकृतिक विपत्तिसम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) नेपाली किसानहरूको धानबाली असोजबाट पाक्न थाल्दछ । भदौ तेस्रो सातासम्म किसानहरू मल अभावले छट्पटाइरहेका छन् । पछिल्लो साउन र भदौमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु र सङ्क्रमितको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि भए पनि सरकारले देशलाई कडा बन्दाबन्दीमा राखेको छ । अझै यसलाई कठोर पार्न निषेधाज्ञासम्म पुर्याएको छ । यस्तो जोखिम र भयावह अवस्थामा पनि मोरङ, चितवन, धादिङलगायत देशैभरिका जिल्लाहरूमा किसानहरू मलका निम्ति हजारौँको सङ्ख्यामा बिहानदेखि रातीसम्म पङ्क्तिबद्ध छन् । देशभर मलको खोजीमा भौँतारिरहेका छन् । बर्खे बालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिका निम्ति भनेर सरकारले ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरूका रक्षाकवच, शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारीलाई र होबिको मल्टिपल कम्पनीको होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौँ पुल र सडकहरू बर्सौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकेदारहरू राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरू हुन् । बोलकबोलअनुसार सम्बन्धित ठेकेदारहरूले मल आपूर्ति नगर्दा लाखौँलाख किसानको धानबाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालय कारबाहीको त कुरा टाढा भयो सोधपुछ गर्दैन । कृषिमन्त्री बङ्गलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाको फलाक्छन् । यो कार्य घोर आ’पत्तिजनक, किसानहरूको बालीनालीमाथिको खेलबाड र राष्ट्रका वि’रुद्ध अक्षम्य आप’राधिक खेलका रूपमा पार्टीले लिएको छ ।

२) कथित पूर्व–पश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गत रहेको रेल विभागले ३३ अर्बमाथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिन्डिकेटधारी ठेकेदार एवम् कम्पनी शर्मा एन्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिसनको खेल र सेटिङमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चार माध्यममा छताछुल्ल हँुदासमेत सरकार नसुनेझैँ गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार समेत माथ गर्ने र रेल भ्रष्टचार र कमिसन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पाटी स्पष्ट पार्दछ ।

३) देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ । त्यो बेला राज्यका सञ्चालकहरूले नेपाल कम्युनिस्ट पार्टीलाई कानुन हातमा लियो, आतङ्क मच्चायो, लोकतन्त्रलाई चुनौती दियोलगायत तथानाम आरोपहरू लगाउन पाउनेछैनौ । पार्टीमाथि लगाइने आरोप र षड्यन्त्रका विरुद्ध आमजनतालाई प्रतिरोध आन्दोलनमा उत्रिन हाम्रो पार्टी अग्रीम अपिल गर्दछ ।

४) साउन र भदौ महिनामा बागलुङ, कालीकोट, जुम्ला, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा, बाढीपहिरो र डुबानका कारण सयाँै जनताको अकालमा मृत्यु, दर्जनाँै बेपत्ता र घाइते भएका छन् । हजारौँ जनता विस्थापित र जोखिममा परेका छन् । सर्वप्रथम मृतकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको सुस्वास्थ्यको कामना गर्दछ । आफन्तजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइ’तेहरूको निःशुल्क र भरपर्दो उपचार गर्न सरकारसँग माग पनि गर्दछ । बेपत्ताहरूको खोजी एवम् विस्थापितहरूलाई पर्याप्त राहत एवम् व्यवस्थापन र जोखिममा परेका जनताको पुनर्बासको यथासक्य छिटो व्यवस्था गर्न सरकारसँग पार्टी विशेष माग गर्दछ ।

५) कोरोना भाइरसको महामारीले विश्वव्यापी तवाहा सृजना गरेपछि ज्यान जोगाउन स्वदेश फिर्ता भएका नेपाली जनता देशभित्र हातमुख जोर्ने समस्या टार्न नसकेर कोरोना भाइरसको खतराभन्दा बिहान–बेलुकी छाक टार्ने खतरा मुख्य बन्दा कञ्चनपुर, कैलाली र बाँकेको नाकाबाट सयौँको सङ्ख्यामा बालबच्चा र महिलासहित कोरोनाबाट दैनिक ८० हजारमाथि सङ्क्रमित भइरहेको देश भारतमा फेरि जान बाध्य भएका छन् । यो दृश्य देशका निम्ति कारुणिक र लज्जाको अवस्था हो । भारतमा जान विवश भएका जनतालाई स्वदेश फिर्ता गर्ने, देशमा छाक टार्न गारो भएका जनताको श्रेणीकरण गरेर राहत, बेरोजगारी भत्ता र रोजगारीको व्यवस्थाका निम्ति तुरुन्तै कदम चाल्न हाम्रो पार्टी नेपाल सरकारको विशेष ध्यानाकर्षण गर्दछ ।

६) हाम्रो पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आ’तङ्क मच्चाउने गुन्डा, लुटेरा, सुराकी, भगौडा र आ’पराधिक तत्वहरू ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई विविध माध्यमबाट जानकारी गराइरहेका छन् । क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापारी–व्यवसायी एवम् कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्नेबाहेक चन्दाका नाममा आतङ्क मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको कुरा आमनेपाली जनतामा हाम्रो पार्टी विनम्र जानकारी गराउँछ । सहयोगदाता महानुभवहरूले पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरूलाई पार्टीमा बुझाइदिन पार्टी विषेष अुनरोध गर्दछ । पार्टीले ठाउँको ठाउँ कारबाही गर्नेछ ।

राजनिती बाट

You can share this post!