किन बहकिएनन यि रक्तनशाहरु!

कुमार खत्री

आज एक प्रहरी कुटिदा

बहकिने यि मन यि रक्तनशाहरु,

हिजो नेपाल आमा बलत्कृत हुदाँ

हिजो कैयन सिमा स्तम्भ सारिदा

कैयौ श्रमजीवी किसान गरिव जनता मारिदा पिटिदा

किन बहकिएनन यि रक्तनशाहरु

हिजो कैयौ नेपाली चेलिबेटी बलत्कृत हुदाँ

कैयन अवोध अनाथ बालक र बालिका थिचिँदा

पिठ्युमा दुधे बालक बोकेर हिनेको आमालाई

प्रहरी भाईले निर्घात लठ्ठी हान्दा

कलिला अबोध सिर्जनशिल विद्यार्थी माथि

कालो बुटले प्वाक प्वाक पिढ्युमा बजार्दा

दलाल शासकहरुको पक्षपोषण गर्दै

उसको आदेशमा ठिक्क भई

बेकसुर जनता खुल्लेमखुल्ला मारिदा

किन बहकिएनन् यि रक्तनशाहरु

यसो त कति छन कति

चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा

राष्ट्रिय हतियारको अगाडि

९० को डिग्रीमा शिर उच्च

छाती चौडा तन्काएर निर्धक्क भएर

छातिमा हात राखेर

अहो! ति खाएका

नेपाल आमाका

यो मातृ भुमिका

अव्वल अब्बल

बाचा ,ति कसम

कति सजिलै भुलेर बेकसुर नागरिकलाई

गोली ताकि ताकि ड्वाँङ ड्वाँङ मारिदा

किन बहकिएनन् यि रक्तनशाहरु

एका बिहानै देश बलत्कृत हुदाँ

अन्याय को बिरुद्ध मुक्तिको आवाज उठाउदै गरेका

ति देशभक्ति मनहरुलाई

देशकै सेना प्रहरीले

साथ सहयोग त कता हो कता

बरु उल्टै जेलनेल कठिन हिरासत र

चर्को कुटाईको यातना दिईरहदा

त! कतै दलाल शाषकको होडबाजी बिरुद्ध बोल्ने

नितान्त निर्धक्क बोल्ने व्यक्तिहरूको

एकाएक हत्या हपहरण हुदै गर्दा

सुकुम्बासी बस्तीहरुमा आगो लगाई

खरानी बनाई

सडकको बास बनाई

घरवारविहीन बेसहारा बनाउदा

किन बहकिएनन् यि रक्तनशाहरु

सत्तामा बसि बसि गरिव निमुखालाई ज्युँदै

मार्न पल्किएका मानवरुपी दानवहरुले

दिनैपिच्छे जनतालाई मर्न विबस गरि

सत्ता आफ्नो दैनिकी पेवा बनाएपछि

किन बहकिदैनन् यि रक्तनशाहरु

रात अहोरात्र परिवर्तनमा लागिरहेका

जनताका प्रिय कमरेड,कुमार, प्रज्वल, तिर्थराज

क्रान्ति योद्धाहरुको विभत्स हत्या गरिदा

कमरेड माइला लामा

कमरेड शिलुलाई कठोर

भन्दा कठोर हिरासतको लामो यातना दिईरहदा

किन दुखेनन यि मन

किन रोएनन यि मन

किन खसेनन नयनबाट वलिद्र आशुका थोपाहरु

किन बहकिएनन् यि रक्तनशाहरु !! )

You can share this post!