नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, २५ हजार ५ सय डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २५ हजार ५ सय ६१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ४ सय ६२ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पिसिआर परीक्षण गरिएको छ ।

You can share this post!