मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय भएन

काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए।

‘आज बैठक डाकिएपछि हामीले पनि सिफारिसको निर्णय हुन्छ भन्ने सोचेका थियौँ,’ ती मन्त्रीले भने, ‘तर, आज त्यस विषयमा कुनै छलफल नै भएन।’सत्तारुढ दल नेकपाको बिहीबार बसेको सचिवालयको बैठकले रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएको थियो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिक्त सदस्य पदमा गौतमलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको बैठकलाई जानकारी गराएका थिए।

source : kusenews.com

You can share this post!