देशको दुर्दशामा हामी पनि त जिम्मेवार छौं

गजल

नमिता दवाडी

दैव यसै खुसी भएन , चढाउन दाम भएन ।

भेटी बिना अपुरो ,पूजाको सर्जाम भएन ।

फुल बानी परेको रहेछ,उपहारमा तिमीलाई ,

आफैंलाई तिमीमा सुम्पिंदा पनि काम भएन ।

देशको दुर्दशामा हामी पनि त जिम्मेवार छौँ ,

बलियाको मनोमानीमा कतै ,रोकथाम भएन ।

यो हावाले तिमी छेउ पुर्याउला नपुर्याउला ,

कसरी पठाऊँ याद हुलाकी भएन,खाम भएन ।

घृणाको नाटक गर प्रिय !बाँच्नु छ दुनियामा भने ,

मायाकै कारण तिम्रो यतिसम्म बदनाम भएन !

You can share this post!