रातो मछिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा तनाव

१८ भदौ, काठमाडौं । रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

अब केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चीत गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

source : radiokathmandupati.com

You can share this post!