सच्चा क्रान्तिकारी जोधाहा इतिहासमा हजारौं वर्षमा एक पटक मात्रै जन्मन्छन्

लक्ष्मण चौलागाईं विद्रोही

संसारमा सच्चा क्रान्तिवीरहरु हजार वर्षहरुमा एक पटक मात्रै जन्मन्छन् । बाँचुन्जेल दुर्लभ चमत्कार गर्दछन् र मृत्युपछी पनि इतिहासमा युगौं युगभरी बाँच्दछन। त्यस्ता क्रान्तिकारी नारिहरु विश्व साम्यवादी इतिहासमा कुनै कुनै देशमा जन्मिरहन्छन भने हाम्रो देशको पनि गोर्खामा जन्मनुभएको रहेछ कमरेड सीलु अर्थात उमा भुजेल ।

भीषण जनयुद्ध चर्किरहदा तत्कालीन सत्ता र सरकारले कठोर यातना दिएर अन्धकार जेलमा पाशविक यातना कडा सुरक्षा घेरा भित्र दिइरहँदा पनि कहालीलाग्दा यातनाहरुलाई सहजै पचाउँदै गोर्खाको जेल ब्रेक गर्ने महान नारी उमा भुजेल कमरेड सीलु जसको नाम लिदा पनि गर्वले छाती फुल्छ ,शिर सानले सगरमाथा जतिकै ठाडो हुन्छ। आम जनताको मुक्तिको दियो बाल्न हिडेकी जनता र देशकी छोरी सीलु तीन करोड नेपाली जनताको ऐतिहासिक गौरव हुनुहुन्छ ।

उनै सीलु दर्जनौंपटक अदालतले रिहाइ गर्दा पनि आधा पुनः प्रहरीले हत्कडी कसेर गणतन्त्रको जेलमा कैद नारी योद्दा जसले केही दिन पहिला क्रुर दमन र प्रतिबन्धको साङ्लो नै चुँडेर फेरि अर्को ब्रेक गर्नुभएको छ। इतिहासमा यस्ता महान योद्धाको नाम स्वर्ण अक्षरले जरुर जरुर लेखिनेछ। एक्काइसौं शताब्दीको यो संसार संचारले सांघुरिएको बेला जनतामाझ रहेर बहस गर्न र जनताका मुक्तिका आवाजहरु ओकल्न र विद्रोहको मसाल बाल्न सीलुले खुल्ला आकाशमुनी नपाए पनि उहाले विद्रोहको मुटु लिएर जन्मनुभएकोले कडा दमनको सिंगल प्रतिवाद गरेर विश्व इतिहासमा कहिल्यै नमेटिने नाम लेखाउनुभएको छ।

तर सीलुको यो रहर हैन ,प्रतिकान्तिका लठैतहरुको दमनको कारण बाध्यता र विवशताले दमनको सांग्लो छिनाल्ने र ब्यारेकका बन्दी यातना गृहहरु ब्रेक गर्ने जिम्मा उहालाई यात्रामा आइलाग्यो। यस्ता महान जोधाहा जसले राज्यसत्तामा गएर शासन गर्ने दिन आउने हो भने पक्कै पनि जनता मालिक र शासक सेवक हुने थिए। सामाजिक सन्जाल मार्फत उहाँ क्रान्तीविर संग मेरो मित्रता भएको वर्षौं भयो तर खासै धेरै गफ भने भएन। कहिलेकाही म आफैं विश्लेषण भने गर्ने गर्छु जो कि प्रतिक्रान्तिका लठैतहरुले विभिन्न बर्गका मानिसहरुको नाम र नारा लिएर आफ्नो विरासत सांध्दै बर्ग संघर्षको हत्या गर्ने दुस्साहस गरि नै रहन्छन् जो आज तिब्र दमनले स्वयं उजागर गरिरहेको छ।

बर्ग संघर्षका आन्दोलनहरु चरण चरण पार गरेर मात्रै क्रान्तिका सपनाहरु एक दिन सार्थक अवश्य हुनेछ भन्ने विश्वास लागेको छ। होला हाम्रो जीवनकालमा हामी सफल होउला या नहोउला तर सयौं वर्षपछी भए पनि हामी सफलता हासिल गरेरै छोड्नेछौ। महान जनताका मुक्तिका सपनाहरु एक दिन जरुर सफल भएरै छोड्ने छ। क्रान्ती भनेको निरन्तर बहिरहने नदि हो भने प्रतिक्रान्ती भनेको नदिमा बेला बेला खसिरहने पहिरा र भेल जस्तै आउने क्षणिक बाढीहरु नै हुन। आदरणीय कमरेड सीलु प्रती हामी आम क्रान्तिका पक्षधर र जनमुक्तीका शुभचिन्तकहरुको गहिरो आशा र भरोसा छ।

थुप्रै सीलुहरु नेपाल आमाले फेरि पनि जन्माउनुपर्नेछ । अनि थुप्रै नारी मुक्तिका विगुलहरु जरुर जरुर बज्न थाल्नेछन भन्ने विश्वासको जगमा महान क्रान्तीवीर कमरेड उमा भुजेल सीलुलाई रक्तिम सलाम व्यक्त गर्दछु। अन्त्यमा,भन्नु मन लाग्यो प्रतिक्रान्तिका लठैतहरुका गुलामी दासहरु भने हरेक सेकेन्ड जन्मिरहन्छन जो आफ्नो निजि स्वार्थको लागि चाटुकार भएर जिउन विवश मात्रै हुदैनन् बाँचेर पनि मरेतुल्य र स्वतन्त्र भएर पनि बन्दी जस्तै हुन्छन् ।

You can share this post!