ने.क.पा. सरकारको ओझेलमा सेति राजमार्ग

सुदुरपश्चिम प्रदेशको साबिक सेतीअञ्चलको ५ वटा जिल्ला मध्ये कैलालीको दक्षिण भाग भारतको सिमानाबाट प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये करिब ३५० कि.मि.सबै भन्दा छोटो ( रेखाङ्कन ) दुरीको सेती राजमार्ग हो। भारत र चीनसंग नेपालले ब्यापार वृद्धि गर्नका निमित्त नेपालमा यो भन्दा छोटो दुरीको कुनै बिकल्प छैन।

मानसरोवर जाने तीर्थयात्रीहरुको लागि सबैभन्दा छोटो सडक सेति राजमार्ग हो भने नेपालका छिमेकी बिशाल २ मुलकहरुको बिचमा आवत जावतको सडक निर्माण भय पश्चात सुदुर पश्चिमको र कर्णाली प्रदेशको समेतको होटेल , पयर्टन ,यातायात , अन्तर्ररास्ट्रीय देखि घरेलु हवाई क्षेत्रमा पर्यटकको आगमनले आर्थिक क्षेत्रमा निकै फड्को मार्ने मात्र नभई सुदुरपश्चिमसंगै नेपालकै आर्थिक क्षेत्रमा अद्भूत टेवा पुर्याउने महत्वपूर्णको योजना हो। त्यहाका कला ,कौशल,संस्कृति र अन्य सामरिका महत्वमा यति घनिभूत परिवर्तन हुन सक्छ कि कलपना नै गर्न सकिन्न। आन्तरिक यातायात सुबिधा को दृष्टिकोण ले पनि पाँच जिल्ला (बझाङ्ग, बाजुरा, अछाम, डोटी र कैलाली) लाई सुबिधा हुने असाध्यै छोटो दुरी कायम हुन सक्छ पहाड र तराइ बस्ति जोड्ने कम खर्चिलो एक मात्र सडक हो त्यसैले यो सुदुरपस्चिमका लागि अति महत्वको आयोजना हो।

यसको सुरुवात

सुदुरपश्चिम सरोकार मञ्च भन्ने एउटा सु. प.को बौद्दिक स्तरको व्यक्तित्वहरु द्वारा संचालित गैरसरकारी संस्थाले आवाज उठायर प्रथम पटक २०६२ सालमा प्रस्ताबिका गरियको थियो। यसको महत्व बुझ्दै र उच्च मुल्यांकन गर्दै माओबादि पार्टीले सरकार चलायको अवधिमा २०६६/०६७ आर्थिक बर्समा उत्तर छिन् उरै भन्ज्याङ्ग देखि दक्षिण टिकापुर सम्म सेतिलोका मार्ग बनाउने भनि सर्वे गर्न २ करोड बजेट निकास भयको थियो।राजधानीबाट दुरा रहेको सुदुरपश्चिमले रास्ट्रको सम्पूर्ण भूभागको १३.८% जमिन हिस्सा ओगटेको छ भने यहा नेपालको कुल जनसंख्याको निम्नतम १०% बासिन्दा रहेका छन्।

विभिन्न काल खण्डमा यस राजमार्गको महत्वपूर्ण भूमिका खेल्नु हुने पात्रका रुपमा पूर्व सचिब पूर्व सचिव बिस्नु प्रशाद खत्री बझाङ्ग , पूर्व (IGP .) मोतिलाल बोहरा ,पूर्व (DSP.) सुरत ब शाह, पूर्व रास्ट्रीय योजना सदस्य डा.प्रेम ब कुँवर र पूर्व रास्ट्रीय योजना डा. जनकराज शाहज्यु ठुलो योगदान रहेको छ। तत्पश्चातका सरकारहरुले निरन्तरता दिदै आयको यो राजमार्गका लागि बजेट व्यवस्थापन हुदै आइ ठेक्का गरि २०७४/२/१७ गते सम्झौता भै सकेको काम सुरु गरेको यो सेती राजमार्ग आजका मितिमा संचालनमा आइ सक्नु पर्ने तर बिडम्बना के छ भने तत्पश्चात स्थानिय ,प्रदेश र केन्द्रिय सरकार समेत नेकपा कै चलिरहदा कुनै पनि तहको सरकार , जननिर्बाचित नेता, मन्त्रीहरुले समेत पनि यो राजमार्ग बनाउने चासो नदेखायाकोमा यस राजमार्गसङ्ग सरोकारवाला नागरिकहरु र यो महत्वको आयोजनाबाट सरोकार वाला आम नागरिक सरकारवाट ठगिदै आयका छन्।

सुदुरपश्चिम सरकार मात्र नभई केन्द्र सरकार पनि बिकास समृद्धिको नारामा मात्रै सिमित रह्यो भने जन निर्बाचित जनप्रतिनिधिहरुले वेवास्ता गर्दा निकै विडम्बनाको बिसय बन्न पुगेको छ। बिकासको मुद्दा साझा मानिनु पर्ने हो तर यो पिडा केवल निम्न आय भयका गरिब जनताका लागि मात्रै जस्तो देखिन आयो। नेताहरुले राज्यको गाडी इन्धन चढ्दै प्रयोग गर्दै आउनु भयकोले समयको होस् वा आर्थिक भारको दुरी नजिक र टाढाको महत्वमा सरोकार छैन। दुख छ भने उही सोझो जनताका लागि मात्र छ। वास्तवमा त्यस क्षेत्र मात्र नभई नेपालकै आर्थिक क्षेत्रमा टेवा पुर्याउने यो महत्वको योजना तयार हुदा गाउ समाज नागरिकले समृद्धिमा फड्को मार्न पाउदा एउटा इतिहास नै बन्थ्यो। यो सरकारले पनि जनताबाट जस पाउथ्यो भने नेताहरुले पनि श्रेय लिन पाउथे देशले आर्थिक समृद्धि हासिल गर्दा नागरिकले पनि असिमित लाभ लिन पाउथे तर यो सरकार र सत्तासिन पार्टीका नेताहरु कानमा तेल हालेर बसी रहेको देख्दा नागरिकहरु अचम्म छन्। हाल ने.क.पा.बाट जननिर्बाचित नेपाल सरकारका २ जना मंत्रिमनडलमा हुनुहुन्छ।

उधोग बाणिज्य तथा आपूर्ति लेखराज भट्ट ज्यु र खानेपानी तथा सरसफाई मन्त्रि बिना मगर सरकार बने देखि हाल सम्म हुनुहुन्छ भने चुनावको समयमा जिल्ला जानु हुने समयका लागि यस राजमार्गको उपभोक्ता बिशेस गरि ने.क.पा. सुदुरपश्चिमको पार्टी इन्चार्ज पूर्व उप प्रधान,गृह ,रक्षा मन्त्रि समेत जो रास्ट्र कै प्रभावशाली नेता भन्न रुचाउनु हुन्छ निकै लामो समय अछाममको माननीय समेत रहनु भयको उहा अछाम जिल्लाका निर्बाचित माननीय डा. भिम रावलज्यूले पनि कुनै चासो नदेखाउनु भयकोमा उहाहरु प्रति नागरिक समाज तथा त्यहाका बासिन्दा अत्यन्तै दुखि छन् किन भने यो राजमार्ग छिटो निर्माण गराउनुमा उहाले प्रमुख भूमिका निर्वाह निभाउनु पर्ने थियो यदि उहाहरुको इच्छा शक्ति भयो भने काम नहुने पनि होइन तर उहाले यस बिसयमा कुनै दिन पनि संसद वा मिडिया मार्फत एक शब्द पनि खर्चिनु भयको छैन उहाको स्तरबाट यस्तो वेवास्ता गर्नु भनेको नागरिक र बिकास प्रति गैरजिम्मेवार प्रतिनिधित्व हुनुहुन्छ भन्ने आम नागरिकको ठम्म्याई छ।

अछाम,बाजुरा,बझाङ्ग ,डोटीमा थुप्रै जनप्रतिनिधि नभयको चाहि होइन तर ने.क.पा. कै नेताहरु हुनुभयको हुनाले पार्टीकै नीतिगत सल्लाह अनुसार यो राजमार्गलाई अगाडी नबढायको होकी भन्ने प्रश्न चिन्ह खडा भयको छ के यो राजमार्ग नागरिकहरुलाई मात्र चाहिने होर ?सबै पार्टीका नेता,कार्यकर्ता मतदाताहरुलाई समान रुपमै प्रयोगमा आउने होइन र ? स्थानिय ,प्रदेश, केन्द्रिय स्तरमा ने.क.पा.को दुइ तिहाइको सरकार छ किन यो सडकलाई ओझेलमा पारिदै छ ?राजमार्गको दुरी छोटो भयो भने पहाड तराइको बस्तीको दुरी निकट हुदा तराइ पहाडको बराबर महत्व हुदा सबैका लागि हुने होइन र ? हाल यो परियोजनामा रास्ट्रीय योजनाले झन्डै ३१ करोड मात्र बजेट बिनियोजन गरेको छ तर सडकमा पर्ने रुख कटानको सहमति हुनु पर्ने कुनै जनप्रतिनिधि,सरकारले चासो नदेखाका कारण आज यो राजमार्गको दुर्दशा त निम्तिदैन कि भन्ने आम नागरिकको चासो बनेको छ।

यो सडकको यथार्त विवरण यस प्रकार रहेको छ।

कैलाली जिल्लाको टिकापुर देखि बौनिया सम्म कुल लम्बाई १५ कि.मि. निर्माण सम्पन्न रहेको छ तर यस खण्डमा सडकको Upgrading को लागि एउटा प्याकेजको ठेक्का व्यवस्थापन गर्न सकिने अवस्थामा छ। बौनिया देखि कैलाली र डोटी को सिमाना ठुलिगाड सम्म (५५ कि.मी.) ट्रयाक खोल्न तथा सडक संरचना को निर्माण का लागि यस योजना र नि.व्य. श्री लुम्बिनी-नागार्जुन-बानियाँ जे भि. बीच सम्झौता भएको छ यो समयमा नेपाली कांग्रेसको सरकार थियो।

सम्झौता बमोजिम का विवरण हरु निम्नानुसार रहेको छ

सम्झौता रकम : रु.३३,९०,३५,२६९.३३ (VAT समेत)सम्झौता मिति : २०७४/२/१७ ठेक्का सम्पन्न गर्नु पर्ने मिति : २०७७/२/३०हालसम्मको प्रगति : ३%

हाल सम्म किन भयन काम ?

बौनियाबाट शुरु भई ४ कि.मी. पश्चात बन क्षेत्र पर्ने हुँदा ठेक्का सम्झौता भएको सम्पूर्ण अवधि समाप्त भए पश्चात पनि जम्मा ५% भन्दा बढी कार्य प्रगति हुन नसक्नुको कारण यस्तो छ।

यस योजनाको बौनिया देखि साँफेबगर सम्मका सडक रेखाङ्कन मा पर्ने रुखहरुको कटान तथा आवश्यक व्यवस्थापनका लागि ०७४/०७५ आ.बा मा सरकार र सत्तासिन नेतृत्व ले चासो नदिदा का भयन भने हाल “राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि बन क्षेत्र प्रयोग गर्ने सम्बन्धि मापदण्ड सहितको कार्यविधि-२०७६” अनुसार यस योजनाबाट सडक बिभाग तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत बन तथा बातावरण मन्त्रालय हुँदै रु. ८२,०५,५०,१६९/- बराबरको रकम व्यवस्था/सुनिश्चितता को लागि अनुरोध भएकोमा अर्थ मन्त्रालय को बेवास्ताका कारण उपरोक्त उल्लेखित ठेक्का समेत रुग्ण हुन गएको छ निर्माण ब्यबशायी भन्दा सरकार पक्षकै व्यवास्ताले आयोजना पछाडी परेको भन्ने प्रस्ट भयको छ।

विभिन्न जिल्लाको अवस्था तपसिल अनुसार छ।

डोटी

डोटी जिल्ला रेखाङ्कन अन्तर्गत रुख कटान आदेश नभयर डोटी जिल्लामा ट्रयाक खुल्न बाँकी रहेको। साँफेबगरबाट डोटी र अछामको सिमाना सेलेगाड सम्मको EIA /EMP भैसकेको हुदा ठेक्का ब्यबस्थापनमा कुनै समस्या पनि छैन।

यसको कुल लम्बाई – ३२ कि.मी. मध्य ६ कि.मी. मात्र ट्रयाक खोल्न बाँकी रहेको हुनाले सेलेगाड – ठुलिगाड खण्ड को ट्रयाक खोल्ने कार्यको लागि ठेक्का व्यवस्थापन गर्न सकिने अवस्थामा नै छ।

अछाम

अछाम जिल्ला यस सेती राजमार्ग अन्तर्गत अछाम जिल्लामा डोटीको सिमाना सेल्लेगाडबाट साँफेबगर हुँदै घुंघुरकोट देखि भेरासैन सम्म कुल ८० कि.मी. लम्बाई रहेको छ। सेल्लेगाड बाट साँफेबगर को ३२ कि.मी. मध्य सेल्लेगाड देखि ६ कि.मी. मात्र ट्रयाक खोल्न बाँकी रहेको र साँफेबगरबाट बैजनाथ प्रवेशद्वार हुँदै अगाडी सम्म ६ कि.मी कालोपत्रे भैसकेको तथा अछामको उक्त सिमाना सम्म सडक स्तरोन्नति गर्न ठेकापट्टा व्यवस्थापन गर्न सकिने छ। साँफेबगरबाट मार्तडी जाने सडक खण्ड को ८ कि.मी. overlap रहेको यस सडकको घुंघुरकोटबाट छुट्टी भेरासैन सम्म ४० कि.मी. रहेको छ जस मध्य २५ कि.मी. ट्रयाक खुल्ला भई सकेको र बाँकी १५ कि.मी. को ट्रयाक खोल्न मात्र बाँकी रहेको छ ।यस खण्डमा बाँकी ट्रयाक तथा बाजुरा मा रहेको १२ कि.मी ट्रयाक खोल्ने कार्य जोडेर ठेक्का व्यवस्थापन गर्न सकिने र साथै घुंघुरकोट बाट २० कि.मी. खुलेको खण्डको स्तरोन्नति तथा कालोपत्रे को लागि ठेक्का व्यवस्थापन गर्न सकिने अवस्थामा छ।

बाजुरा

बाजुरा जिल्ला यस राजमार्ग अन्तर्गत बाजुरा जिल्लामा अछामको सिमाना घुंघुरकोटबाट बाजुरा तथा बझाङ्ग को सिमाना रानागाउँ सम्म १२ कि.मी. लम्बाई रहेको यस जिल्लाको १२ कि.मी. ट्रयाक खोल्ने कार्यलाई यस अघि उल्लेख गरिए जस्तै अछाम जिल्लाको बाँकी खण्डको साथमा जोडेर ठेक्का व्यवस्थापन गर्न कुनै अप्ठ्यारो छैन तर १२ कि.मी. को ट्रयाक खोल्न बाँकी रहेको क्षेत्र को अधिकांश खण्डमा खप्तड राष्ट्रिय निकुञ्ज कोमध्यावती क्षेत्र ( Buffer Zone) पर्ने भयको हुनाले मंत्रिपरिसदको निर्णय गराउनु पनि बिलम्ब हुन सक्छ तर त्यसको विकल्प भनेको निकुञ्जको मध्यवती क्षेत्र( buffer zoon) नपुग्दै अछामको भेरसैनाबाट बाजुरा सेरागाउ , रानीबन धमेनीगाउ हुदै रानागाउ सडकमा जोडिदै जादा १२ कि.मि.भन्दा छोटो दुरी पनि हुने र मन्त्रि परिसदको निर्णयबाट झन्झट मुक्त पनि हुनसक्छ।

बझाङ्

बझाङ् जिल्ला यस लोकमार्ग अन्तर्गत बझाङ्ग जिल्लामा बाजुराको सिमाना रानागाउँ बाट सेती नदि तरि तमैल सम्म २८ कि.मी. लम्बाई रहेको र तत्पश्चात तमैलबाट साविकको खोड्पे बझाङ्ग सडक (जय पृथ्वीबहादुर मार्ग) मा १० कि.मी.( मिल्दोजुल्दो )overlap भई चैनपुर सम्म यस योजना कार्यालयको कार्यक्षेत्र पर्छ। चैनपुरबाट अगाडी धुलिगाऊ हुँदै उरै लेक सम्म यस योजनाको चैनपुर स्थित उत्तर खण्डको कार्यालय को कार्यक्षेत्र रहेको छ। सेती नदि तमैल मा पक्कि पुल निर्माणको अन्तिम चरणमा रहेको हुँदा यस सडक को निर्माण ले खप्तडछान्ना गाउँपालिका लगायत का अधिकांश जनताले सेवा पाउने। तमैल को सेती पुल लगायत यस ट रानागाउँ सम्म जोड्ने सबै खोलामा पुल निर्माण को ठेक्का व्यवस्थापन भैसकि निर्माण कार्य अन्तिम चरण मा रहेको। साथै यस खण्डको सम्पूर्ण २८ कि.मी. लम्बाई को Full Width मा ट्रयाक खुली सकेको हुँदा यो खण्डको कालोपत्रे स्तरमा स्तरोन्नती गर्ने ठेक्का व्यस्थापन गर्न सकिने छ र खण्डको कालोपत्रे स्तरमा स्तरोन्नती गर्ने ठेक्का व्यस्थापन गर्न बाधा ब्यबधान छैन।

सेती राजमार्ग कैलाली बाट बझाङ्ग जोड्नुका फाइदाहरु अ

न्तरराष्ट्रिय तहमा :

भारत को सिमाना बाट चिनको सिमाना जोड्ने उत्तर दक्षिण नेपालका सबै मार्गहरु मध्य सबैभन्दा छोटो दुरीको अधिकतम ३५० कि.मि.को राजमार्ग हो। भारत तथा नेपालका हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थ स्थल “मानसरोवर” पुग्ने सबैभन्दा छोटो दुरीको राजमार्ग हुने हुँदा भारतबाट तथा भारत हुँदै बर्षेनी लाखौँ को संख्यामा आउनॆ बिदेशी पर्यटकको मूल मार्गको रुपमा रहने भएकोले पर्यटकीय अर्थतन्त्रमा प्रचुर मात्रामा टेवा पुर्याउने सम्भावनाको महत्व बोकेको साबित हुनेछ।

सेती लोकमार्गको कैलालीबाट बझाङ्ग जोड्नुका फाइदाहरु : राष्ट्रिय तहमा :कैलाली, डोटी, अछाम, बाजुरा ,डडेल्धुरा ,बझाङ्ग लगायत छुदै जाने राजमार्ग सुदुर पश्चिम र कर्णाली प्रदेश सम्मका जिल्लाहरुको आन्तरिक सडक संजालको मेरुदण्डको रुपमा स्थापित हुनेछ जसको कारण आन्तरिक पर्यटनको यात्रालाई लामो दुरीबाट छोटो दुरीमा परिणत गरि सहज सुलभ र फलदायी बनाउने देखिन्छ।१.) हाल बझाङ्गबाट अछाम आउने यात्रुहरुले खोड्पे-डडेल्धुरा-स्याउँले-दिपायल-सिलगढी हुँदै साँफेबगर पुग्न २७१ कि.मी. (९ घण्टा) को गुमाउरो सडक छ भने सेती लोकमार्ग को निर्माण पश्चात उक्त दुरी जम्मा ९० कि.मी हुन गई जम्मा २ घण्टा मा पुग्न सकिने छ। २.) हाल अछामबाट कैलाली आउने यात्रुहरुले साँफे-दिपायल-बुडर-कैलाली पुग्न २७४ कि.मी. (९ घण्टा) को गुमाउरो यात्रा गरि रहनु परेको छ भने सेती लोकमार्ग को निर्माण पश्चात उक्त दुरी जम्मा १२९ कि.मी हुन गई अधिकतम् ४ घण्टामा पुग्न सकिने छ।

३.) हाल बाजुराबाट कैलाली आउने यात्रुहरुले मार्तडी -साँफे-दिपायल-बुडर-कैलाली पुग्न ३३३ कि.मी. (११ घण्टा) को गुमाउरो यात्रा गरि रहेका छन् भने सेती लोकमार्ग को निर्माण पश्चात उक्त दुरी जम्मा १८८ कि.मी हुन गई जम्मा ६ घण्टामा पुग्न सकीनेछ। तराईबाट पहाडका प्रत्यक जिल्लामा ११०% सम्म ब्यात्रु र मालसामानको ढुवानी डर घटेर जाने छ भने नागरिकका लागि आर्थिक क्षेत्रमा समृद्धि नै ल्याउने छ। यस राजमार्गले कति उपलब्धि हुन्छ होला भन्ने माथिको डाटा अनुमान गरियोस बुझियोस र कार्यन्वयन गरियोस त्यस क्षेत्रका बासिन्दाहरुको अनुरोध छ। यसको महिमा बुझेर पनि यो सरकार र सत्तासिन पार्टीका नेताहरुले किन बुझ पचायको हो? जिज्ञासाको बिसय बनेको छ।

नागरिकहरुलाइ अनुरोध

आम नागरिक दाजुभाइ दिदीबहिनीहरु ठुलो योजनाका बिसयमा जानकार हुनुहुन्छा भने पनि छिन यो समाचार पढेर बिस्वास लागेन भने सेती राजमार्गसंग सम्बन्धित सरोकारवाला कार्यालयमा बुझ्नु पाउनु हुनेछ। सुदुरपश्चिमको मात्र नभई रास्त्रकै आर्थिक क्षेत्रमा सहयोग पुर्याउने आम्दानीका लागि गौरवको योजनालाई कार्यन्वायाँ ल्याउन लगाउनु सामाजिक, राजनीतिक, नागरिक ,उपभोक्ता ,बिधार्थी ,करमचारी ,किसान र ब्यापारी हरेक क्षेत्रबाट दबाव मुलक कार्यक्रम गर्न गराउनु हुन तथा यो सेती राजमार्गको महिमा प्रति जागरुकता देखाउनु हुन हार्दिक अनुरोध छ।

सरकार पक्षलाई अनुरोध

नेपाल सरकारले सुदुरपश्चिम र सिंगो नेपालको हितलाई ध्यान दिई यथाशिघ्र सडक कटान सम्बन्धि अबरोध कार्यन्वयन गरियोस सत्तासिन पार्टीका सरोकारवाला जनप्रतिनिधिहरुले चासो दिउन अन्यथा सुदुर पश्चिम नागरिकहरुले नेताहरु र सरकार बिरुद्ध आन्दोलनका कार्यक्रम घोसना गर्नु नपरोस भन्ने अनुरोध छ।

अनुरोध कर्ता (लेखक ) सुदुरपश्चिमान्चल सरोकार मञ्च केन्द्रिय सदस्य हु्न्

You can share this post!