पछिल्लो २४ घन्टामा १ हजार १११ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १११ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ५६९ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या २० हजार ७३ पुगेको छ । बिहीबार काठमाडौँ उपत्यकामा मात्र ३७७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका २७०, भक्तपुरका ४१ र ललितपुरका ६६ सङ्क्रमित रहेका छन् ।

source : eratokhabar

You can share this post!