बाको अनुहारमा देशको नक्सा

गजल

: मैया लामिछाने

बाको अनुहारमा देशको नक्सा गोडा चाल्नु भएको छ ।

मेरो अर्धानु सट काटेर आमाले चोली टाल्नु भएको छ ।

ए ! देश चलाउनेहरु पैसा नभए हामिसँग माग्न आउनु

साच्चै हजुरहरुले अत्ति दुखले सत्ता समाल्नु भएको छ

बच्चालाई खोले खुवाएँ अनि म अघाएको छु भन्दै ढाँटे

छोरी भन्छे आमा हजुरले पेटमा के ? हाल्नु भएको छ

के गरौंला भन्ने छ ?किन बिर्सियौ भोलि मर्नु पर्छ भन्ने

हजुर बुद्धिमान मान्छे गाई मारेर गधा पाल्नु भएको छ

अकबर र बिरबलको कथा फेरि पनि प्रयोगमा आयो

धन्यवाद !खाड्ल खनेर आफ्नै गोडा हाल्नु भएको छ

You can share this post!