महामारीको बेलाबेला रुसमा ‘तानाशाह’ ढाल्न उर्लियो जनसागर

बेलारुस, १० भाद्र । कोरोना महामारीका बावजुद बेला रुसमा यतिबेला विशाल जनसभा र प्रदर्शन भएका छन् । राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध विपक्षी नेताहरु सहित जनताहरु राजधानी मिन्स्कमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौँ हजारको संख्यामा जनताहरु सडकमा उत्रिएका छन् । राष्ट्रपति लुकाशेन्कोले चुनावमा धाँधली गर्दै आफ्नो पक्षमा मत परीणाम देखाएको भन्दै विपक्षी नेत्री स्भेत्लाना तिखानोभ्स्क्याले बारम्बार राष्ट्रपतिको राजीनामाको माग गरेकी छन् ।

चुनावमा सहभागी भएकी स्भेत्लानाले आफूले ६्र प्रतिशत मत ल्याएको तर धाँधली गर्दै मत उल्ट्याएको आरोप राष्ट्रपतिमाथि लगाएकी छन् । पछिल्लो प्रदर्शनको नेतृत्व पनि उनै विपक्षी नेत्री स्भेत्लानाले गरेको बताइन्छ । यद्यपि सडकमा कसैले नेतृत्व गरेको देखिँदैन । नागरिकहरु स्वस्फुर्त रुपमा आन्दोलनमा आएका हुन् ।

२६ वर्षदेखि शासन गर्दैआएका लुकाशेन्कोले गत अगस्ट ९ मा गराएको निर्वाचनमा आफूले ८० प्रतिशत मत पाएर विजयी भएको घोषणा गरेका थिए । विपक्षी नेत्री स्भेत्लानाले भने जम्मा १० प्रतिशत मत पाएको बताइएको थियो ।

तर विपक्षी नेत्री सहित अन्य अगुवा तथा जनताहरु मत परीणाम स्वीकार गर्न तयार देखिएका छैनन् । मत गणनामा स्वतन्त्र अवलोकनकर्ता नभएकाले राष्ट्रपतिले धाँधली गरेको विपक्षीको तर्क छ ।

युरोपियन मिडियाका अनुसार हाल राजधानी मिन्स्कमा दशौँ हजार नागरिकले विपक्षी नेत्रीलाई समर्थन दिँदै प्रदर्शन गरेका छन् । यहाँ वृद्धवृद्धा र बालबालिकाहरु समेत विपक्षी दलको झण्डा बोकेर सरकारविरोधी नारा लगाइरहेका छन् ।

विपक्षी दल तथा उनीहरु सम्बद्ध मिडिया र व्यक्तिले जनप्रदर्शनमा १ लाख मानिस उत्रिएको बताएका छन् । राज्यका मिडियाले भने २० हजारको उपस्थिति रहेको जनाएका छन् । यद्यपि राज्यका मिडियाले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति लुकाशेन्को हेलिकप्टरमार्फत् दरबारमा उत्रिएका थिए ।

लुकाशेन्कोको घोषणापछि चीन र रुसका राष्ट्रपतिले उनलाई बधाइ दिएका थिए । त्यसो त, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन लुकाशेन्कोलाई नै छ । युरोपियन युनियनले भने विपक्षीलाई साथ दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

source : Reporters nepal

You can share this post!