८५५ कोरोना सङ्क्रमित थपिए पछिल्लो २४ घन्टामा

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८५५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ३१३ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या १९ हजार ११९ पुगेको छ । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र २३२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका १९९, भक्तपुरका १४ र ललितपुरका १९ सङ्क्रमित रहेका छन् ।

You can share this post!