विप्लव कमजोर भयो भने जनविद्रोह सहिद हुन्छ

– लक्ष्मण चौलागाईं विद्रोही

फलानो विप्लवको रे,तिलानो विप्लवको रे,अनि ढिस्कानो विप्लवको रे। अनि मलाई पनि विप्लवको ताम्सालिङ राज्यसमिती सदस्य नेता लक्ष्मण चौलागाईं विद्रोही भनेर प्रहरीको रेड लिस्टमा हालेको थियो मलाई ७/८ महिना पहिले मेरै गृहजिल्लाको जिल्ला प्रहरीले। म विप्लवको मान्छे पनि हैन ।विप्लवको ताम्सालिङ राज्यसमिती सदस्य पनि हैन। आजसम्म कुनै दलको सदस्यता पनि लिएको छैन । तर उहाँ आदरणीय महासचिव कमरेड विप्लव कम्युनिस्ट पार्टीका महासचिव हुनुहुन्छ भन्ने सुनेको हो मैले । खासमा विप्लव भनेको क. प्रकाण्डक. प्रकाण्ड पनि हैन ,नेत्रबिक्रम चन्द पनि हैन। Uma Bhujel पनि हैन।

विप्लवकै छोरा प्रकाश चन्द पनि विप्लव हैन । विप्लव ती हुन् ,जो अन्याय र अत्याचारको विरुद्द लड्छ,जो दलाल संसदीय राजतन्त्रको विरुद्ध लड्छ,जो भ्रष्ट, विचौलिया,माफिया,तस्कर,बलात्कारी र ब्रम्हलुट बिरुद्द बोल्छ र लड्छ । जसले शोषित,पिडित,उत्पीडित ,दलित,जनजाती,मुक्तिकामी जनताको उत्थानको सपना बोक्छ हो त्यो चाहिँ विप्लव हो। घरै पिच्छे २ करोड ९० लाख जनता विप्लव बनिसके १० लाख आसेपासेको संख्या बाहेक । अब भन्नुस विप्लव हो त म ? विप्लव समयको परिस्थितिको ,क्रान्तिको ,सच्चा जनवादी व्यवस्थाको एक्काइसौं शताब्दीको महानतम विचार हो। माथी उल्लिखित नाम सबै आम नेपीलीको नाम हो।

तर किन दमन गर्दैछ ओली सरकार? कारण भ्रष्टाचारको विरोध गर्यो विप्लवले ,दलाल संसदीय भासको विरोध गर्यो विप्लवले ।जनयुद्ध लड्यो तर जनयुद्ध लडेको ज्याला उठाउन हैन जनताको सुदिनको निम्ति लडेको थियो विप्लवले । यसैकारण हामी सबै विप्लव जस्तो देखेको हो बैरिले । अन्त्यमा ,केपी सरकारले विप्लवको अन्त्य गर्ने सपना यदि तुनेकै हो भने २ करोड ९० लाख जनता मार्नुपर्छ अनि विप्लव मारिन्छ। नत्र नेत्रविक्रम चन्दलाई हत्या गरे पनि विप्लव मारिदैन भन्ने ख्याल गरोस् महाकालीको दलालले। विप्लव सत्तामा छैनन नि ,विप्लवले के गर्यो भनेर कसैले प्रश्न गरे भने विप्लवले गणतन्त्र ल्याउन जनयुद्धका अधिक मोर्चा लडे तर सत्तापिपासु बन्नुभन्दा जनताको पिडाको आवाज बोले ।

नेपाली कांग्रेसले कुनै विरोध गरेन एनसेलले कर तिरेन भनेर तर विप्लव आफू प्रतिबन्धित भएर पनि एनसेललाई धावा बोले।ब्रम्हलुट तन्त्रको पर्याय दलाल संसदीय कूव्यवस्थाको विकल्प एकीकृत जनक्रान्ती छ है भनेर सन्देशमूलक विकल्प पस्के। हो विप्लवले केही गरेनन तर गर्नुपर्ने जति त गरे नि ? हेक्का रहोस् ,खरायो र कछुवाको दौड पढ्नुभएको छ ? खरायो जति फास्ट दौडिदा कछुवाले जितेको छ। हो विप्लव अहिलेको परिस्थितिमा कछुवाको चालमा घश्रँदैछन।र त ब्रम्हलुट्तन्त्रबारे जनताले दिनहुँ नराम्रा समाचार सुन्दै ब्युँझन पाएका छन् । अन्त्यमा,विप्लवको विरोध हामीले गर्यौं भने विप्लव कमजोर हुन्छ,विप्लव कमजोर भयो भने जनविद्रोह सहिद हुन्छ।

You can share this post!