च्याम्पियन्स लिगको उपाधि बायर्नलाई, उपाधि जित्ने पीएसजीको सपना अधुरै

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ ।

बायर्नले पीएसजीलाई १–० गोलले पराजित गरेको हो । खेलमा पहिलो हाफसम्म दुवै क्लबले गोल रहित बराबरी खेले र यद्दपी ५९ औं मिनेटमा बायर्नका किंग्सले कोमनले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।

पीएसजीका पूर्व खेलाडी कोमानले नै पीएसजीको लागि धातक साबित भए । यसपछिको बाँकी समयमा पीएसजीले बायर्नलाई उत्कृष्ठ प्रहार गरे पनि गोल भने हुन सकेन ।

योसँगै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको पीएसजीलाई पीएसजी पहिलो पटक इतिहास रच्ने सुनौलो अवसर गुमाएको छ भने उपाधिको नजिक पुगेर उपाधि चुम्न नसकेको दुख पनि थपिएको छ ।

लिग जितेको बायर्न भने च्याम्पियन्स लिग जित्ने छैटौं क्लब बनेको छ ।

You can share this post!