यो आत्माको पनि मृत्यु हुने भए…

– लक्ष्मण चौलागाईं विद्रोही

गणतन्त्र आएपनि सुरक्षा थिएन

अनि म बलात्कृत भएं

कम्युनिस्टको सरकार थियो र पनि

बलात्कार पछि म मारिएं

तर म कति रोएं कति चिच्याएं

सुन्नेहरुले पनि नसुने जस्तो गरे

असाध्यै कष्टले मेरो प्राण त गयो

तर नमर्ने आत्मा मरेन

यो आत्माको पनि मृत्यु हुने भए

कमसेकम शान्ती त पाउँथे

विडम्बना म न्याय मृत देशमा जन्मेछु

अनि सत्ता र शक्तिको ढाकछोपले

अपराधी खुलमखुल्ला भै हिंड्दा

मेरो आत्मा तड्पिरहयो छट्पटींदै उडिरहयो …….

You can share this post!