अध्यक्ष प्रचण्डद्वारा अछामका बाढी पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं ३ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले निम्याएको घटनाले आफूलाई स्तब्ध बनाको बताएका छन् ।मंगलवार राति परेको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले  बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको  छन् भने  दर्जनौं परिवार विस्थापित भएका छन् ।

उक्त घटनाबारे बुधबार साझा अध्यक्ष  प्रचण्डले सामाजिक सञ्चालमा लेखेका छन्,मंगलवार राति परेको अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।

उक्त दुखद् घटनामा निधन हुनुभएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न स्थानीय जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकाय, स्वयम्सेवी लगायत सबैमा उनले आव्हान गरे ।

मृतक, बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् ।कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको छ । मंगलबार आएको बाढीपछि दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

साभार साइपाल न्युज

You can share this post!