बायर्न च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि पीएसजीसँग भिड्ने

यूरोपियन च्याम्पिन्यस लिगको पाँचौ पटकको च्याम्पियन बायर्न म्युनिख फेरि फाइनल पुगेको छ। बुधबार राति सकिएको सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न एघारौं पटक फाइनल पुगेको हो। 

च्याम्पियन्स लिगमा बायर्न इन्टर मिलानसँग बराबर फाइनल पुग्ने टीम समेत बनेको छ। यो भन्दा धेरै पटक भने रियल मड्रिड १६औं पटक फाइनल पुग्ने टीम हो। लियोन विरुद्धको जित निकाल्दै लगातार दश खेलमा जित निकाल्ने टीम समेत बायर्न बनेको छ।

बार्सिलोना विरुद्ध कीर्तिमानी जित निकाल्दै सेमिफाइनल पुगेको बायर्नले लियोन विरुद्ध सहज जित निकाल्यो। बायर्नका लागि सर्ज नाब्री र रोबर्ट लेवान्डोस्कीले गोल गरे। पहिलो हाफमै दुई गोलको अग्रता लिएको बायर्नले लियोनलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो। 

खेलको १८औं मिनेटमा नाब्रीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। नाब्रीले फेरि ३३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको अन्त्यतिर लेवान्डोस्कीले गोल गरे। एनले ८८औं मिनेटमा गोल गरेका थिए। 

लियोन विरुद्धको गोल सहित उनी यो सिजनमा सर्वाधिक गोलकर्ताको बन्ने अग्रता बढाएका छन्। लेवान्डोस्कीले १५औं गोल गरिसकेका छन्। बायर्नले उपाधिका लागि पीएसजीसँग प्रतिश्पर्धा गर्नेछ। 

अरुपनि

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
पीएसजीले लाइपजिगलाई पनि तीन–शून्य गोल अन्तरले पराजित गर्दै फाइनल स्थान निश्चित गरेको छ। पीएसजीले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। उपाधि भिडन्त आइतबार राति हुनेछ। 

source : himal khabar

You can share this post!