गजल
– नमिता दवाडी
जिन्दगी दुखि रह्यो, पटक-पटक घाउमा पाएँ ।
धड्कन नै एकनास , मुटु दुखाउने दाउमा पाएँ ।
खुशीको मारे पटक-पटक टल्काउन मन लाग्यो,
जब स्वयंलाई भाग्यबस हजुरको पाउमा पाएँ ।
हजुर जाँदा केहि त छोड्नु भएको रहेछ, धन्य छु,
अनिदो रातमा तिनै यादहरु काम चलाउमा पाएँ ।
मनमा ठेस लागेर ढलेँ, बिस्वासको धौलागिरीसँगै,
परेवी लुछिई निर्मम, ओकालत बाज बचाउमा पाएँ ।
गरिबलाई जे पनि सस्तै मिल्ने ,हेर्नुस् न मलाई नै !
फोहोरको थुप्रोमा जिन्दगी, फोहोरकै भाउमा पाएँ ।