–लक्ष्मण चौलागाईं विद्रोही
सुध्रिए कमरेड महलमा
तपाईका दिनहरु
गुज्रिए कमरेड झुप्रामा
विरताका रातहरु
दिन पनि रात र रात
झन् रात बन्दै
जसका खै ओभाना
आंखाहरु
गुमिसके रे कतिकाती
अमुल्य दृष्टिहरु
भन्दै थिए कमरेड
रक्तिम ,
उहाँको त मेमोरी नै
गुम्यो अरे
दुनैको भिडन्तमा परेर
टाउकोमा छर्आ लागेको
रे
होलेरिमा लडेर
कोखाँगोली लागेको रे
थुप्रै मोर्चाका चिन्हहरु
बोकेर
कहिले बेनी भिडन्त
सम्झाउने
कहिले कावासोती
सम्झाउने
कहिले दोरम्बा
सम्झाउने
कहिले दारेगौंडा
सम्झाउने
थुप्रैथुप्रै युद्ध मोर्चाका
चोटहरुले
विक्षिप्त छन् प्रिय
कमरेड
जसलाई गणतन्त्रले
नचिनेर
होसमा आउन ,
औषधिले होस किनेको
छु रे
कहिलेकाही त जंगल
तिर गएको हुन्छु रे
सानो छोराले समातेर
ल्याएको रे
कहिले मध्यरातमा नै
हिड्छु रे
अनि कहिले एक्लै
चिच्याउदै रोइरहेको
हुन्छु रे
कहिले चाहिँ एक्कासी
हाँस्छु अरे
यसैले जाउ गाउँवस्ती
महलको झ्यालबाट
देखिदैन कमरेड
बुझौं न कति छन
घाउ,डोब युद्धका
अनि बुझौं देशमा कति
छन् खोट क्रान्तिका
वस्ती पस्दा भेटिन्छन्
आफ्नै सन्तान
जो नागरिकता समेत नपाएका
सबैलाई हाम्रो सोच्दै
गाउँ
वस्ती पसौं
यो पार्टी , उ पार्टीको
अन्तरविरोध छोडौं
बोलौं न है सबै मिलि
कमाउ दलको भंग गरौं
देश बनाउने दल भएन,
दल बनाउने नेता छानौं
धेरै वर्ष वित्यो कमरेड
देश जाँदैछ कता
देश बनाउने बेला हो यो
दल बनाउँदै कता…
पुगिदैन बालुवाटार र
सितल निवास माथी
यसैले नभुल्ने कि
सहयोद्दा जो साथी !!!