उत्तरकोरीयासगँ ६० वटा सम्म परमाणु बम रहेको अमेरीकी सेनाको दाबी, ५ हजार टन रासायनिक हतियार पनि ?

एजेन्सी भदौ २ । अमेरीकी सेनाले उत्तर कोरीयासगँ २० देखि ६० वटा सम्म परमाणु बम रहेको दाबी गरेको छ ।
अमेरीकी सेनाको रिपोर्टमा नर्थ कोरियन ट्याक्टिस शीर्षकमा योनहाप न्युज एजेन्सीमा छापिएको समाचार अनुसार उत्तर कोरीयासगँ ५ हजार टन रासायनिक हतियार समेत रहेको छ ।
यी बम र हतियार उत्तर कोरीयाले दक्षिण कोरीया, जापान र अमेरीका बिरुद्ध प्रयोग गर्न सक्ने पनि दाबी गरिएको छ ।
साथै प्रत्यक बर्ष उत्तर कोरीयाले ६ वटा सम्म परमाणु बम बनाउने क्षमता समेत रहेको दाबी रिपोर्टमा गरिएको छ ।
एन्थ्रोक्स र चेचक जस्ता जैविक हतियार बनाएको उत्तर कोरीयाले प्रहार गर्ने एक किलो एन्थ्रोक्सले दक्षिण कोरीयाको सियोलमा ५० हजार मानिसको ज्यान लिन सक्ने दाबी गरिएको छ । उसले तोपहरुमा यस्तो हतियार प्रयोग गर्ने अमेरीकाको दाबी छ ।
साथै साईबर हमला गर्न सक्ने क्षमता पनि उत्तर कोरीयाले विकास गरेको र विश्वभर उत्तर कोरीयाका ६ हजार ह्याकर्स सक्रिय रहेको अमेरीकी सेनाको दाबी छ ।
उत्तर कोरीयाको परमाणु निशस्त्रीकरणका लागि अमेरीकी राष्ट्रपति ट्रम्प र किम जोगं र ३०१९ को १२ जुनमा सिंहापुरमा र २८ फेब्रुअरीमा भियतनाममा वार्ता भएको थियो भने ३० जुनमा उत्तर कोरीयाको असैनिक क्षेत्रमा सक्षिप्त भेट भएको थियो तर कुनै ठोस सहमति भने भएको थिएन ।
यसैबीच दक्षिण कोरीया र अमेरीकाले सयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।
यो अभ्यास अगष्ट २८ सम्म जारी रहने जनाईएको छ ।

You can share this post!