राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रकवि घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसंग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति रहेका छन् ।

source : ekantipur

You can share this post!