नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च

नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।  

You can share this post!