कोरोनाले कांग्रेसका जिल्लास्तरीय नेताको निधन

कोरोनासंक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्लास्तरीय एक नेताको निधन भएको छ ।

उपचारको क्रममा ३८ वर्षीय  एक नेताको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

निमोनिया समेत देखिएका ती नेतालाई कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमवार साँझ भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको थियो । 

मेडिकल कलेज भैरहवामा पित्तथैलीको अपरेसन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्‍याएका थिए । 

परासीकै अन्य पार्टीका २ जना नेतामा कोरोनाको लक्षण देखिएपछि बुटवल र काठमाडौंमा उपचार भइरहेको छ । पश्चिम नवलपरासीमा समुदायस्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । हालसम्म जिल्लामा १४० जनामा कोरोना पोजेटिभ देखिएको छ । 

source:lokantar.com

You can share this post!